नयाँदिल्ली, १६ मार्च, २०२०
भारतको दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ ।
मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै धार्मिक, राजनीतिक वा सामाजिक प्रदर्शनमा पनि ५० भन्दा बढी उपस्थित हुन नसक्ने केजरीवालले बताए ।
त्यस्तै शाहीन बाग प्रदर्शनलाई लिएर सोधिएको प्रश्नमा केजारीवालले भने, ‘कुनै पनि किसिमको प्रदर्शनमा कहीँ पनि एकै ठाउँमा ५० भन्दा बढी मानिस उपस्थित हुन पाउँदैनन् ।’









































