HomeFeatureनन्दी तिवारी स्मृति फाउन्डेशनद्वारा पुरस्कार वितरण

नन्दी तिवारी स्मृति फाउन्डेशनद्वारा पुरस्कार वितरण

सिलगढी, 16 मार्च, रुबेन गुरुङ

सिलगढीस्थित नन्दी तिवारी स्मृति फाउन्डेशनले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ। यसक्रममा नन्दी तिवारी स्मृति साहित्य पुरस्कार बरिप्ठ हास्ब्यङ्ग्य साहित्यकार कृष्ण प्रधानलाई अर्पण गरियो। यसै गरी मिरिकका युवा कवि अजित विश्व “वियोगी”लाई नन्दी तिवारी स्मृति युवा पुरस्कार अर्पण गरियो। नन्दी तिवारी स्मृति छिमेकी बङ्गला भाषा पुरस्कार प्रमोद नाथलाई अर्पण गरियो।

यसरी नै हिन्दी भाषा पुरस्कार डा. भिखी प्रसाद बीरेन्द्रलाई अर्पण गरियो। सुकराज दियालीले सचिवको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा  फाउन्डेशनका संस्थापक दिलीप तिवारीले स्वागत भाषण राखेका थिए भने अध्यक्ष  डा. जीवन राणा अनि उपाध्यक्ष युवराज काफ्ले अनि प्रमुख अतिथि कृष्णसिंह मोक्तानले वक्तव्य राखेको कार्यक्रमको सञ्चालन शरदकुमार छेत्रीले गरेका थिए।  उक्त समारोहमा समाजका बरिष्ठ नागरिकहरूलाई पनि सम्मान जनाइयो। जसमा बरिष्ठ साहित्यकार लोकनाथ चापागाईं, गायक अर्जुन रसाइली, टीएस टेगोर, निशीथ घोष, रुद्र अधिकारी, पेमा लामा, टिकाराम पराजुली, जोगमाया ब्राह्मण, हर्कमाया रसाशइली,शान्तिलता शिशुपाल रामपाललाई सम्मान जनाइयो।

यसरी नै गायिकाद्वय रजनी सुन्दास र दिपा विश्वकर्मा लगायतलाई पनि सम्मान जनाइयो। उच्च अङ्क ८९% प्रतिशत ल्याउने कल्याण उच्चतर माध्यमिक विद्यालयका आशिष् खतिवडा अनि 70% ल्याउने नक्सलबाडी माध्यमिक विद्यालयका प्रेम छेत्रीलाई पनि सम्मान दिइयो। क्रमशः अन्तर्राष्ट्रिय लघु चलचित्र 2020 को प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने चलचित्र अँध्यारो the darkness का लेखक राजु शाशङ्कर, निर्देशक कृष्ण गुरूङ र टोलीलाई पनि सम्मान जनाइयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...