HomeFeatureप्रहरीले बरामद गरेका माक्स सुपथ मूल्यमा बिक्री गरिने

प्रहरीले बरामद गरेका माक्स सुपथ मूल्यमा बिक्री गरिने

काठमाडौं, १६ मार्च, २०२०
प्रहरीले बरामद गरेका माक्स सुपथ मुल्यमा बिक्री गरिने भएको छ । कोरोना भाइरसको सन्त्रासका बीच कालोबजारी गर्नेहरुबाट जफत (बरामद) गरिएको माक्सहरु बिक्री गरिनेछ ।

महान्यायाधीवक्ताको कार्यालयले बरामद भएका सबै माक्सहरु बजार मूल्यअनुसार बिक्री बितरण गर्नका लागि साझा स्वास्थ्य सेवालाई उपलब्ध गराउन प्रहरीलाई निर्देशन दिएको छ ।

महान्यायाधीवक्ता अग्नी खरेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई पत्र लेख्दै बरामद भएका सबै माक्सहरु बजार मूल्यानुसार बिक्री गर्न साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थालाई उपलब्ध गराउन भनेका हुन् ।

माक्स बिक्रीबाट संकलन भएको रकम नेपाल प्रहरीको धरौटी खातामा जम्मा गर्न पनि महान्यायाधीवक्ताले निर्देशन दिएका छन् ।
बरामद भएका माक्सहरुको मूल्य र नमूनासहितको अभलिेख एवम् फोटोसहितको डिजिटल अभिलेख राखी बिक्रीका लागि खुला गरिने खरेलले जनाएका छन् ।

प्रहरीले गत शनिबारदेखि हालसम्म १० लाख ८६ हजार थान माक्स बरामद गरेको छ । शनिबार काठमाडौंको डल्लु क्षेत्रबाट ७८ हजार थान माक्स बरामद गरेको प्रहरीले आइतबार काठमाडौंको कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ४० हजार थान माक्स बरामद गरेको थियो ।

३ रुपैयाँ २५ पैसा बजार मूल्य पर्ने एक थान माक्सलाई ३० देखि ५० रुपैयाँमा बिक्री गर्ने गरी लुकाएर राखेको अवस्थामा प्रहरीले माक्ससहित केही व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले शनिबार ७८ हजार माक्ससहित ८ जनालाई पक्राउ गरेको थियो भने आइतबार कपनबाट ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुविरुद्ध भने कालो बजारी तथा सामाजिक हितविरुद्धको अपराध ऐन २०३२ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...