काठमाडौं, १७ मार्च, २०२०
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि साझा यातायातले बसभित्र स्यानिटाइजर छर्केरमात्र सेवा सुरु गर्न थालेको छ । यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै स्यानिटाइजर छर्किसकेपछि मात्र बसहरु आ–आफ्नो रुटमा निस्कने गरेको साझा यातायातले जनाएको छ ।
साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार अनुसार यही चैत एक गतेदेखि हरेक दिन सबै बसहरु सफा गरेर किटाणु नाशक स्प्रे गर्ने गरिएको छ । बसभित्र सिट, ह्याण्डलजस्ता बढी छोइने वस्तुहरुमा पनि स्यानिटाजरले पटक–पटक सफा गर्ने गरेको उनले बताए ।









































