कञ्चनपुर, १७ मार्च, २०२०
नेपाल र भारतमा संयुक्त रुपमा चल्ने पूर्णा्गिरी मेला कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि स्थगित गरिएको छ ।
नेपाल–भारत सीमानामा पर्ने पूर्णागिरी मेलामा हजारौं दर्शनार्थीको आवतजावत हुँदा कोरोना संक्रमणको जोखिम बढ्न नदिन मेला आजबाट स्थगित गरिएको ।
पूर्णा्गिरी मेला फागुपूर्णिमा देखि बैशाख पूर्णिमा सम्म लाग्ने गर्दछ । भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा पर्ने पूर्णागिरी माताको दर्शनपछि कञ्चनपुरको ब्रम्हदेवमा रहेको सिद्धबाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ ।
सरकारले सभा, सम्मेलन लगायतका भिडभाड नगर्न आग्रह गरेपनि पूर्णागिरीको दर्शनपछि भने दैनिक पाँच हजार भारतीय दर्शनार्थी नेपाल भित्रिने गरेका थिए । जसले गर्दा सिमानामा स्वास्थ्य जाँचमा समेत समस्या हुने गरेको थियो । यता भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीयले मेला स्थगित गर्न आग्रह गर्दै आएका थिए ।









































