HomeFeatureहेर्नुहोस यस्ता व्यक्तिलाई हुन्छ कोरोना संक्रमणको बढी जोखिम

हेर्नुहोस यस्ता व्यक्तिलाई हुन्छ कोरोना संक्रमणको बढी जोखिम

काठमाडौँ, १७ मार्च, २०२०
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जुनसुकै समयमा जुनसुकै उमेरसमूहका मानिसमा देखिन सक्छ । सामान्यतया विभिन्न उमेरसमूहका प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा संक्रमणको असर बढी हुन्छ । अब जानौँ, कसलाई कति जोखिम ?

वृद्धवृद्धामा कोभिड–१९ को संक्रमणबाट छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । साथै, प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण छिटो हुन्छ । शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लड्न नसक्ने भएकाले सामान्य भाइरसले पनि स्वास्थ्यलाई प्रभावित गर्छ ।

६० वर्षभन्दा माथिका बुढाबुढीलाई कोरोना भाइरससँगै मौसमी रुघाखोकी, ज्वरो, कडा निमोनियाको जटिलता देखिएको पाइन्छ । तसर्थ, वृद्धवृृद्धाको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । त्यस्तै, उनीहरूको अगाडि खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, बिरामीले सकेसम्म टाढा बस्ने, खानेकुरा वा अन्य वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
मुटु, फोक्सोसम्बन्धी रोग, मधुमेह, क्यान्सर र उच्च रक्तचापजस्ता समस्या भएका व्यक्तिमा अन्यको तुलनामा फ्लुको संक्रमण छिटो हुन्छ । यस्ता व्यक्तिमा कडा खालको निमोनिया हुने, रुघाखोकी र ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिनेजस्ता जटिलता देखा पर्छन् । दीर्घरोग भएका व्यक्तिमध्ये कतिपयलाई फ्लुजस्ता समस्या आएका भेन्टिलेटरमा राख्नुपर्ने पनि हुन्छ ।

विभिन्न देशमा कोभिड–१९ को संक्रमण र यसबाट मृत्यु हुने अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दीर्घरोगी छन् । त्यसैले दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले स्वास्थ्यको ख्याल गर्नुपर्छ ।

कोभिड–१९ को संक्रमणबाट अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । साथै, प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण छिटो हुन्छ ।

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू भाइरस र ब्याक्टेरियाबाट छिटो प्रभावित हुन्छन् । त्यस्तै, गर्भवती महिला पनि संक्रमणको जोखिममा छन् । कोरोनाको संक्रमण बालबालिकामा धेरै नदेखिए पनि उनीहरूमा अन्य फ्लुको संक्रमण र निमोनिया हुने हुँदा अभिभावकले बच्चाको स्याहार गर्दा सजगता अपनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...