दार्जीलिङ, 17 मार्च 2020/ कयेश अंसारी
कोरोना भाईरस महामारीलाई मध्यनजर गर्दै दार्जीलिङ पहाडमा आजदेखि सबै पर्यटकीय स्थलहरु बन्द गरिएका छन्। यद्धपी सोमबार साँझनै दार्जीलिङ पहाडका पर्यटकीय स्थलहरु मंगलबारदेखि बन्द हुने घोषणा गरिए पनि आजपनि केही पर्ययटकीय गाडीहरु पर्यटक बोकेर पर्यटकीय स्थलहरुमा पुगेका थिए। विश्वबाट आउने 90 प्रतिशतले भ्रमण गर्ने पहाडको टाईगर हीलमा आज बिहानै पर्यटक बोकेका सवारी साधनहरु सूर्योदय हेर्न पुगेका थिए। यद्धपी उनिहरुलाई हेर्न अनुमति दिइए पनि त्यसपछिका गाडीहरुलाई फिर्ता पठाइएको हो।
वन विभागका रेञ्जर ललित प्रधानले आफुहरुले बन्दबारे वन विभागले हिजो साँझ सूचना पाएको त्यसपछि दार्जीलिङ ट्राफिक र ट्राभल एजेन्सीहरुलाई जानकारी दिएको बताउनुभयो। पर्यटनको समयमा टाईगर हीलमा दैनिक 4 सय गाडीहरु र अफ सिजनमा 2 सय गाडीहरु पुग्ने गरेका छन।
पहाडको अर्को पर्यटकीय स्थल बतासिया पार्क भने, बन्द गर्ने सूचना नपाएको भन्दै निर्वाध रुपमा खुल्ला भएको थियो। त्यहाँ पर्यटकहरुको बाक्लो भीड लागेको थियो। तर स्थानियहरु भने बतासिया पार्क खुल्ला गरिएकोमा आक्रोशित थिए। उनिहरुले बाहिरबाट आउने पर्यटकहरुलाई सिलगढीमै रोकिनुपर्ने सुझाव दिएका थिए।
कोरोना महामारीका कारण विश्वभरको यात्रा प्रभावित भएका बेला दार्जीलिभ पहाडको पर्यन प्रभावित भएको छ।
अर्कोतर्फ दार्जीलिङ जिल्ला अदालतमा पनि अत्यावश्यक बाहेकका मुद्धाहरुको सुनुवाई स्थगित गरिएको छ। अदालतका अनुसार कोलकाता उच्च अदालतले भीड हुन नदिन भनेपछि आज जमानत याचिका लगायतका महत्वपूर्ण मुद्धाहरु मात्रै सुनुवाई गरिएको हो।









































