नयाँ दिल्ली, १८ मार्च, २०२०
भारतमा कोरोना भाइरसको त्रास फैलिइरहेको छ । बुधबार विहानसम्म १० नयाँ संक्रमित भेटिएसँगै कुल १४८ जनामा कोरोना भेटिएको छ ।
१४८ जना संक्रमित भेटिएकोमा २५ जना गैरभारतीय हुन् भने १२३ जना भारतीय हुन् । यसमध्ये १४ जनालाई ठिक भइसकेको छ भने ३ जनाको मृत्यू भइसकेको छ ।
सबैभन्दा नयाँ संक्रमित महाराष्ट्रको पुणेबाट बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँ एक महिलालाई कोभिड-१९ भेटिएको हो ।









































