अछाम, १८ मार्च, २०२०
अछाममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









































