नयाँ दिल्ली, 18 मार्च
भारतको राजधानी दिल्लीबाट नेपाल फर्किने क्रममा अर्घाखाँची सितगंगा नगरपालिका वडा नं 4 घर भएका एक युवक शंकास्पद रुपमा हराएको 3 हफ्ता पुग्दा पनि उनको अत्तोपत्तो लागेको छैन । अर्घाखाँची सितगंगा नगरपालिका वडा नं ४ घर भएका सन्त बहादुर परियारका 26 वर्षीय छोरा कृष्ण परियार गत 26 फरवरी 2020 का दिन उत्तर प्रदेशको सहारनपुरबाट बेपत्ता भएका हुन ।
राष्ट्रीय राजधानी क्षेत्र गुरुग्रामको फुटपाथमा मःमः व्यपार गर्दै आएका 26 वर्षीय कृष्ण परियार आफ्ना भिनाजु हरि परियारको साथमा नेपाल फर्किरहेका थिए । उनि उत्तर प्रदेशको सहारनपुरबाट हराएको उनका भिनाजुले पारिवारलाई जानकारी दिएका हुन । हरि परियार बसमा निदाएका बेला सहारनपुरमा कृष्ण परियार बेपत्ता भएका थिए । निद्रा खुलेपछि हरिले सोधखबर गर्दा विहानको 4 बजेको समयमा सहारनपुरमा बस रोकिएको र त्यही बेला कृष्ण बाहिर निस्किएको तर नफर्किएको खुल्न आएको थियो ।
कृष्ण परियारले 10 कक्षा सम्मको अध्यन गरेका छन र उनले गुरुग्राममा एकल प्रयासमा मःमः को व्यवसाय गर्दै आएका थिए । त्यसैले बसमा छुटेको भए पनि अर्को गाडीमा नेपाल वा आफु काम गर्ने गुरुग्राम पुग्न सक्थे तर हराएको यतिका दिन भइसक्दा पनि उनको बेपत्ता हुनुलाई शंकास्पद रुपमा हेरिएको छ ।
अर्कोतर्फ उनि सम्पर्कविहीन हुँदा पुरै परिवार शोकमा छ । तस्वीरमा देखिएका युवक कृष्ण परियारलाई कतै देख्नु भयो भने नेपालमा रहनुभएका उनका बुबा सन्त बहादुर परियारको मोबाइल नम्बर 9804421903 र भारतमा बेल सिंह परियारको मोबाइल नं 7720981329 तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तर्गत विमान नगर एरिया समितिमा जानकारी गराउन अनुरोध गर्दछौं।









































