नयाँदिल्ली, १८ मार्च, २०२०
बुधबार (आजै) देखि ओमान पूर्ण रुपमा बन्द हुने भएको छ ।
खाडि क्षेत्रको ओमान आज स्थल र हवाई कुनै पनि मार्गबाट विदेश जान नपाउने भएका छन् भने ओमानीहरु पनि देश बाहिर जान नपाउने भएका छन् ।
कोरोना संक्रमण विरुद्धको उच्चस्तीरय समितिको निर्णय अनुसार ओमान पूर्णरुपमा बन्द हुने भएको हो । ओमानी गृहमन्त्री हामोद विन फैसलिको अध्यक्षतामा बसेको सो बैठकले आज बुधबार निर्णय लागुगर्ने जनाएको हो ।
यो निर्णय लागु भएसँगै ओमानमा रेष्टुरेण्ट, होटलहरु खुला छैनन् । सार्बजनिक स्थलहरु बन्द हुनेछन । मस्जिद, सांस्कृचिक केन्द्र व्यायामसाला, व्युटीपार्लर, पर्यटकि केन्द्रहरु पूरै बन्द हुनेछन् । कुनै पनि भेला, गोष्ठि र कार्यक्रम पूर्णत बन्द हुनेछन् ।
यसै विषयमा नेपाली दूतावास ओमानले पनि सूचना जारी गर्दै सजग गराएको छ ।
हाललाई ओमान लगायत अन्य मुलुकबाट नेपाल जाने नेपाली नागरिकले नेपाली विमानस्थलमा आवश्यक स्वास्थ्य जाँच पछि निजी निवासमै क्वारेन्टाइनमा बस्नुपर्ने छ भने नेपाल नगई नहुने ग्रैह नेपाली नागरिक तथा विदेशी नागरिकले पछिल्लो एक हप्ताभित्र जाँच गरेको कोभिड १९ बाट संक्रमित नभएको प्रमाण पेस गरे पश्चात नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल जान सक्नुहुनेछ भने नेपाल गएपश्चात १४ दिनको लागि स्वं क्वारेन्टाइनमा बस्नुपर्नेछ ।









































