HomeFeatureकोरोना संक्रमणको जोखिम मध्यनजर नेपाली सेनाद्वारा आन्तरिक तयारी तीव्र

कोरोना संक्रमणको जोखिम मध्यनजर नेपाली सेनाद्वारा आन्तरिक तयारी तीव्र

काठमाण्डौँ, 18 मार्च 2020

नेपाली सेनाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नो आन्तरिक तयारी तिव्र पारेको छ। सेनाले आन्तरिक तयारी स्वरुप सैनिक मुख्यालयमा अस्थायी टेन्ट निर्माण गरी आफ्ना चिकित्सकहरुलाई तामिल दिएको छ। उपत्यका बाहिरका नेपाली सेनाका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई तालिम दिएको हो। सैनिक प्रवक्ता विज्ञान देव पाण्डेले पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित 6 जना, फिल्ड एम्बुलेन्सका 2-2 जना गरी 36 जना र ओपिडी हेर्ने 10 जना चिकित्सकहरुलाई तालिम दिइएको हो। सेनाले 181 जनालाई तालिम दिइएको छ, जसमा 52 जना मेडिकल टिम र अन्य प्राविधिक टिम रहेको छ। सेनाले मुख्यालयमा 54 वटा अस्थायी टेन्ट निर्माण गरेको छ। 9 वटा कलस्टरमा छुट्याएर प्रत्येक कलस्टरमा 6 वटा टेन्ट रहने र एउटा टेन्ट 2 वटा बेड हुनेगरी टेण्टहरु निर्माण गरेको हो। प्रवक्ता पाण्डेले वीरेन्द्र अस्पतालमा 10 तथा पोखरा, इटहरी र नेपालगञ्ज सैनिक अस्पतालमा 2-2 वटा आइसोलेसन कक्षहरु स्थापना गरिएको बताउनुभयो। फिल्ड एम्बुलेन्स 18 वटा स्थापना भएको र अबको 2 दिनमा सेनाका प्रत्येक अस्पतालमा गरी 52 वटा आइसोलेन बेडहरु हुने उहाँले बताउनुभयो।

कोरोना संक्रमितको उपचार विधिबारे जानकारी दिन तालिमको आयोजना गरेको हो। विश्वभरी नै कोरोना संक्रमणले महामारीको रुप लिएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको क्षेत्रमा राखेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...