HomeFeatureजीटीए-को कडा कदम, दार्जीलिङमा स्वदेशी र विदेशी पर्यटकहरुको आगनममा रोक

जीटीए-को कडा कदम, दार्जीलिङमा स्वदेशी र विदेशी पर्यटकहरुको आगनममा रोक

दार्जीलिङ, 18 मार्च, कयेश अंसारी

कोरोना भाइरस प्रकोपको रोकथामको प्रयास स्वरुप कडा कदम उठाउँदै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएले भोलीदेखि 15 अप्रेलसम्म स्वदेशी र विदेशी पर्यटकहरुको आगमनमा रोक लगाएको छ । यसका साथै पहिलैदेखि रहेका पर्यटकहरुलाई पनि चाँडोभन्दा चाँडो दार्जीलिङ पहाड छोड्न भनिएको छ । आज दार्जीलिङको लालकोठीमा जिल्ला प्रशासन र विभिन्न सम्बन्धित पक्षसँग बैठक गर्दै जीटीएले यस्तो निर्णय गरेको हो । जीटीए अध्यक्ष अनित थापाले भोलीबाट दार्जीलिङ पहाडमा कुनै पनि पर्यटक नबोक्न आग्रह गर्दै सबैका लागि यसबारेमा कडा अधिसूचना जारी गर्न जिल्ला प्रशासनलाई आग्रह गर्नुभएको छ । उहाँले पहाडका होटल व्यवसायीहरुलाई आग्रह गर्दै कुनै शुल्क नलिएर अग्रिम बुकिङ नगर्न र पहिलेनै गरेको बुकिङ पनि रद्द गर्न आग्रह गर्नुभएको छ ।
भीड र भेलाहरुमा भाइरसको प्रकोप छिट्टै हुने भएकाले जीटीए क्षेत्रका सामूदायिक हल र हाटहरु आगामी 15 अप्रेलसम्मका लागि बन्द गर्ने निर्णय लिइएको छ । अध्यक्ष थापाले राजनितिक दलहरुलाई कुनै कार्यक्रम नगर्न आग्रह गर्दै त्यसका लागि अनुमति नदिन पनि पुलिसलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरि पहाड बाहिर अध्ययन गर्ने विद्यार्थीहरु फर्किदा स्क्रीनिङ गर्ने र प्रवेश गर्ने ठाँउहरुमा थप स्क्रिनिङ शिविर लगाउने पनि निर्णय बैठकमा गरिएको छ । थापाले पहाडमा जनशक्तिको अभाव भएकाले विकास कार्यलाई कम गरेर त्यसमा लागेका मानिसहरुलाई शिविरमा प्रयोग गरिने बताउनुभयो । बैठकमा निगरानी गर्न र कमीलाई पुरा गर्न एक समन्वय समिति पनि गठन गर्ने निर्णय गरिएको छ । जीटीएले ग्रामिण क्षेत्रहरुमा निशुल्क मास्क र ह्याण्ड सेनिटाइजरहरु पनि वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...