HomeFeatureगेजिङ डिग्री कलेज निर्माण कार्यमा भइरहेको ढिलाईविरुद्ध सरकारी डिग्री कलेज गेजिङका विद्यार्थीहरूद्वारा...

गेजिङ डिग्री कलेज निर्माण कार्यमा भइरहेको ढिलाईविरुद्ध सरकारी डिग्री कलेज गेजिङका विद्यार्थीहरूद्वारा प्रदर्शन

सिक्किम, 18 मार्च 2020/ केएन शर्मा

गेजिङ डिग्री कलेज निर्माण कार्यमा भइरहेको ढिलाई र राज्यको शिक्षा विभागको निर्देशन पालना नभएको भन्दै सरकारी डिग्री कलेज गिजिङका विद्यार्थीहरूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन्। कलेज परिसरमा कालो पट्टी बाँधेका विद्यार्थीहरूले कलेजमा उचित शैक्षिक सुविधा दिन नसकेको भन्दै राज्य सरकारको असफलताको विरोध गरेका हुन्। कलेजका विद्यार्थीहरूले 16 मार्चदेखि कलेज परिसरमा दिन-दिनै धरना प्रदर्शन गरिरहेका छन् र उनिहरूको आन्दोलनले 48 घण्टा नाघेको छ।
विद्यार्थीहरूले कलेज निर्माण कार्य एक वर्षभित्र सम्पन्न हुनुपर्ने, राज्य शिक्षा विभागले कलेज निर्माण कार्यको प्रगति रिपोर्ट विद्यार्थी प्रतिनिधि परिषद (एस.आर.सी.)-लाई द्विमासिक रुपमा बुझाउनु पर्ने, निर्माण कार्य 2010 मा तयार गरिएको डी.पी.आर. अनुसार हुनुपर्ने लगायत माग गरेका छन्।
एस.आर.सी. सदस्यहरूको नेतृत्वमा कलेजका विद्यार्थीहरू आज मन्त्री र राज्यको शिक्षा विभागका अधिकारीहरूलाई भेट्न भन्दै गंगटोक पनि गएका थिए। एस.आर.सी.-का अध्यक्ष संजय हाङ लिम्बूले जानकारी दिँदै बैठकमा एस.आर.सी.-का सदस्यहरुलाई मात्र आमन्त्रित गरिएको र यो विरोध आन्दोलन एस.आर.सी.- साथै समग्रमा कलेजका विद्यार्थीहरु र प्रत्येक विद्यार्थीको चिन्ताको विषय भएको बताउनुभयो। गंगटोक गएका विद्यार्थीहरुले मुख्यमन्त्री पी.एस.गोलेसँग भेटघाट गरि गुनासोहरू राख्ने प्रयास हुने पनि बताएका छन्। विद्यार्थीहरूले सरकार यो मुद्दा समाधान गर्न असफल भयो भने धरनालाई निरन्तरता दिइने राज्य सरकारलाई चेतावनी समेत दिएका छन्।
“गिजिंग कलेजका विद्यार्थीहरूको बारेमा शिक्षा विभागको उच्च अधिकारीले बहिरो र लाटो व्यवहार गरेको देख्दा दुःख लागेको बताएका छन्। एस.आर.सी.-की उपाध्यक्ष सुकिमित लेप्चाले विद्यार्थीहरुले एक दशकसम्म पनि कलेज निर्माणको समस्या समाधान गर्न नसकेको भन्दै शिक्षा विभागको असफलताको कारणले दुःख भोगिरहेको बताउनुभयो।
कलेज निर्माण परियोजना 2010-मा पूर्व एस.डी.एफ सरकारको कार्यकालमा 152 करोड रूपैयाँको रकममा स्वीकृत भएको थियो। पहिले कलेज क्योङ्सा पावर कलोनी नजिक भाडाको भवनमा सञ्चालन भइरहेको थियो र पछि 2018 मा अरिगाउँको अपूर्ण कलेज निर्माण स्थलमा सर्योह। शैक्षिक पूर्वाधारका भागका रूपमा निर्माण गरिएको होस्टल ब्लक, पुस्तकालय र अतिथि कक्षहरू आजकल शैक्षिक ब्लकको रूपमा सञ्चालित छन्। संस्थासँग शैक्षिक पूर्वाधारको अभाव छ। कम्प्लेड कक्षाकोठाहरूमा सञ्चालित कलेजमा हाल विभिन्न स्ट्रिमहरूमा 966 विद्यार्थीको नामांकन छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...