काठमाण्डौ, 19 मार्च 2020
नेपाली बजारमा सुनको मूल्य एकैदिन 1 हजार 5 सय रुपैयाँले घटेको छ। बिहिबार छापावाल सुन प्रतितोला 75 हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन 76 हजार 5 सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहिवार तेजावी सुन प्रतितोला 74 हजार 7 सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार, बिहिबार चाँदीको मूल्य प्रतितोला 6 सय 80 रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने चाँदी 7 सय 10 रुपैयाँमा काराबोर भएको थियो।









































