HomeFeatureकारोनाको संक्रमण बढेसँगै काठमाडौं छाड्नेको लर्को, टिकटमा कालोबजारी

कारोनाको संक्रमण बढेसँगै काठमाडौं छाड्नेको लर्को, टिकटमा कालोबजारी

काठमाडौं, २० मार्च, २०२०
कोरोना संक्रमणको सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड छ ।

बालबालिकाको परीक्षा सकिएसँगै कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लागेकाहरुलाई टिकट नपाएर हैरानी भएको छ । टिकट कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको गुनासो गरेका छन् । कतिपयले घर फर्किन सवारी नै नपाएर हैरानी भोगिरहेका छन् ।

बिहीबार मात्रै नयाँ बसपार्कबाट ९ हजारले टिकट काटेका थिए । शुक्रबार यात्रुको संख्या अझ धेरै बढेको बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिले जनाएको छ ।

चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्ने क्रम पनि सुरु भएको हो । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्ने क्रम सुरु भएको हो । दशैंसहित यात्रुको चाप भएका समयमा यातायात व्यवसायीले विगतमा पनि यसैगरी बढी भाडा असुल्ने गरेका थिए ।

महेन्द्रनगर जान लागेका प्रितम पाण्डे आफूले दुई गुणा बढी भाडा तिर्नुपरेको गुनासो गरे । सिट नभएको बाहना गरेर आफूसँग दोब्बर भाडा असुल्दा पनि बाध्य भएर यात्रा गर्नपरेको उनको भनाइ छ ।‘दलालले दोब्बर भाडा दिए सिट मिलाइदिन्छु भने, आफूलाई जानु नै छ,’ उनी भन्छन्, ‘यहाँ रोकिएर बस्नुभन्दा मागेजति तिरेरै जानु ठीक लाग्यो ।’

विहानैदेखि विभिन्न टिकट काउन्टरमा पुगेका उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा व्यवसायीले भीड बढेको मौका छोपेर यात्रुलाई ठग्न सुरु गरेको बताउँछन् ।

‘यस्तो संकटको समयमा पनि छोडेनन्,’ उनी भन्छन्,’न अनुगमन गर्न यातायात विभागका प्रतिनिधि छन्, न ट्राफिकले अनुगमन गरेको छ । यात्रुलाई पनि जति तिरेर भएपनि जान्छु भन्ने भएको छ ।’

यातायात व्यवसायीहरु भने केही दिनदेखि यात्रु घटेर धेरै बस ग्यारेजमा थन्किएकाले समस्या भएको बताउँछन् । मोफसलका ग्यारेजमा बस थन्किएका बस काठमाडौं आउन सुरु गरेकाले शनिबारसम्म टिकट नपाउने अवस्था सहज बन्ने उनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...