काठमाडौं, २० मार्च, २०२०
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) छन् ।
उनीहरुलाई रानीबारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । गत फागुन २८ गते बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । विस्फोटकै दिन देवीबहादुर गुरुङ पक्राउ परेका थिए । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको थियो ।









































