HomeFeatureनर्भिक प्रकरणः कोविड-19 का बिरामी फेला परेका छैनन्, भ्रामक सूचना सम्प्रेषण नगर्न...

नर्भिक प्रकरणः कोविड-19 का बिरामी फेला परेका छैनन्, भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाण्डौँ, 21 मार्च 2020

नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना भाईरस संक्रमणको विषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सूचना भ्रामक भएको भन्दै खण्डन गरेको छ। शनिबार बिहानैदेखि फेसबुक लगायत समाजिक सञ्जालमा नर्भिक अस्पतालमा 8 जना कोभिड-19 का विरामी भेटिएको भन्ने भ्रामक र झुटा सूचना प्रेषित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पतालले संकटका बेला भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह समेत गरेको छ। विश्वसमुदायको नै चुनौती बनेको कोरोना भाइरसको संक्रमण भित्रन नदिन राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपुर्ण भएको भन्दै भ्रम फैलानेलाई कारवाही गर्न पनि माग गरेको छ।

अस्पतालका नायव महाप्रबन्धक एवम् प्रवक्ता आर.पी. मैनालीले उपचाररत कुनै पनि बिरामीमा कोरोना भाईरसको लक्षण नदेखिएको स्पष्ट पार्नुभयो। उहाँले अस्पतालले कोरोना संक्रमणको जोखिमबाट बच्च र बचाउनका लागि आवश्यक सम्पुर्ण तयारी गरेको स्पष्ट पार्नुभयो। सरकारले अनुमति दिएको अवस्थामा कोरोना संक्रमणको परीक्षण गर्न सक्ने गरि तयारी अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालले सामान्य ज्वरो आएका विरामीलाई राख्ने गरि छुट्टै व्यवस्था गरेको छ।

शनिबार बिहानैदेखि फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा 8 जना कोभिड-19 का बिरामी भेटिएको सूचना प्रकाशित भएपछि अस्पतालले त्यस्ता बिरामी फेला नपरेको भन्दै प्रेस विज्ञप्ती नै जारी गरेको छ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...