नयाँ दिल्ली, 21 मार्च
भारतीय चिकित्सा अनुसन्धान परिषदले कोरोना भाईरसको प्रकोपलाई रोक्न नयाँ दिशा-निर्देश जारी गरेको छ । दिशा निर्देशमा श्वास सम्बन्धि गम्भीर रोग, अस्थमा, ज्वरो, खोकी जस्ता समस्याले अस्पताल आउने प्रत्येक रोगीहरुको जाँच कोरोना भाईरसका दृष्टीकोणले पनि हुनुपर्ने भनिएको छ । परिषदको नयाँ दिशा-निर्देशहरुमा कोरोना संक्रमित पाइएका रोगीहरुको सम्पर्कमा आएका मानिसहरुको पनि पाँचौ र 14 औं दिनको बिचमा एक पटक परीक्षण हुनुपर्ने भनिएको छ ।
परिषदले शंकास्पद सबै मामिलाहरुमा सबैको स्वास्थ्य परीक्षण विश्वसनीय ढंगले हुनुपर्ने भन्दै यो दिशा-निर्देश जारी गरेको हो ।

भारतमा कोविड-19 का अधिकांश मामिलाहरु विदेश वा फेरि अन्य ठाँउबाट आएका मानिसहरुमा पाइएका छ । कयौं व्यक्तिहरु भने विदेशबाट आएका मानिसहरुको सम्पर्कमा आएर संक्रमित भएका छन ।









































