HomeFeatureकोरोना भाइरसविरुद्धको लडाईँमा एकताबद्ध हुन सबैलाई नेकपाको अपिल

कोरोना भाइरसविरुद्धको लडाईँमा एकताबद्ध हुन सबैलाई नेकपाको अपिल

काठमाण्डौँ, 21 मार्च 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड—19) विरुद्ध लड्न सबैलाई एकताबद्ध हुन अपिल गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न सिंगो राष्ट्र एकताबद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपा-ले अपिल गरेको हो। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि जोखिमबाट भने मुक्त नरहेको नेकपा-ले जनाएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघ-संस्था र नागरिक सबैलाई एकताबद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गर्नुभयो। कोरोना विरुद्ध लड्ने सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरु कार्यान्वयनका लागि सहजिकरण गरिरहेको उहाँले बताउनुभयो। प्रवक्ता श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरुलाई हजारौँको संख्यामा स्वयम् सेवक तयार गर्न निर्देशन दिएको पनि उहाँले बताउनुभयो।

आवश्यकता परेको क्षेत्रमा तत्काल परिचालन गर्न सकिने गरी स्वयमसेवक तयार गर्न संगठनहरुलाई पार्टीले निर्देशन दिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...