HomeFeatureकोविड-19 को संक्रमणबाट जोगिन सरकारले गरेको आग्रह स्वीकार्न सासंदहरूको अपिल

कोविड-19 को संक्रमणबाट जोगिन सरकारले गरेको आग्रह स्वीकार्न सासंदहरूको अपिल

काठमाण्डौँ, 21 मार्च 2020

संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काठमाडौँ उपत्यकाका सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न अपिल गरेका छन्। कोरोना भाइरस (कोभिड–19) को संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुले सम्पूर्ण नागरिकहरुलाई अपिल गरेका हुन्। शनिबार काठमाडौँको मण्डीखाटारमा एक सांसदको घरमा भएको सांसदहरुको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदमहरु, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनताका समस्याहरु र आर्थिक क्षेत्रमा परेको असरको विषयमा सरकारलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बताउनुभयो।

नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउनु आग्रह गर्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले नेपाल भारत सिमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको बताउनुभयो।

छलफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको बताएका थिए। नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएको र राजनीतिक दलहरुले उनिहरुलाई सघाउने विषयमा समेत छलफल भएको थियो। त्यस्तै सांसदहरुले कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखिनै सम्बोधन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...