HomeFeatureकोरोना भाईरस प्रकोपः दिल्ली पूर्ण रुपमा लकडाउन, उल्लंघन गरे कारवाही हुने

कोरोना भाईरस प्रकोपः दिल्ली पूर्ण रुपमा लकडाउन, उल्लंघन गरे कारवाही हुने

नयाँ दिल्ली, 22 मार्च

कोरोना भाईरसको प्रकोपका कारण भारतको राजधानी दिल्लीलाई लकडाउन गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र उपराज्यपाल अनिल बैजलले साझा पत्रकार सम्मेलन गर्दै भोली विहान 6 बजेदेखि 31 मार्च राति 12 बजेसम्म लकडाउन यसको घोषणा गर्नुभएको हो । उहाँले देशमा कोरोना भाईरस ढिलो गरि पुगेकाले अन्य देशमा पारेको प्रभावबाट हामीले सिक्नुपर्ने बताउनुभयो ।

लकडाउनका दौरान नीजि बस, टैक्सी, अटो रिक्शा, रिक्शा, ई-रिक्शा सबै सार्वजनिक यातायात सेवा बन्द रहनेछ । भने डीटीसीको 25 प्रतिशत बसहरु चल्नेछन । दिल्लीका सबै पसल, बाजार, व्यापारिक प्रतिष्ठान, फैक्ट्री, वर्कशप, कार्यालय , गोदाम, साप्ताहिक बाजार बन्द रहनेछन  । दिल्लीसँग जोडिएका सम्पूर्ण राज्यहरुका सीमाहरु सील हुनेछन । आवश्यक सामानहरुः जस्तै दूध, तरकारी, खाने-पीउने सामानहरुको आपूर्ति भने हुनेछ । इन्टरस्टेट बस, ट्रेन र मेट्रो सेवा बन्द रहनेछ । सबै घरेलू र अन्तरराष्ट्रीय उडानहरु स्थगित हुनेछन । दिल्लीमा नपुगेका कुनैपनि सामानहरु अब सीमामा रहनेछन । तर यस क्रममा आवश्यक सामग्रीहरु राजधानीमा आउन दिइनेछ ।

लकडाउनको अवधिमा दिल्लीका सबै मन्दिर र मस्जिद पनि बन्द रहनेछन । नीजि कम्पनीका कार्यालय बन्द रहनेछन भने उनका कर्मचारीहरुलाई काममा खटिएको मानिनेछ भने उनिहरुको सेलरी पनि काटिनेछैन । यसको पालना नगर्ने मानिसहरुविरुद्ध कानून अन्तर्गत कडा कारवाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...