बेङ्गलोर, 23 मार्च
कोरोना भाईरसको महामारीका कारण मास्क र सेनिटाइजरको मूल्य बढेपछि बेङ्गलोरमा बस्ने एक नेपालीले खरिद गर्न असमर्थ नेपालीहरुका लागि निशुल्क मास्क वितरण गरेका छन । बझाङको दुर्गाथली गाँउपालिका वडा नम्बर 2 का स्थायी बासिन्दा हिक्मत विष्टले नेपालीहरुलाई वितरण गर्ने भन्दै अखिल भारत नेपाली एकता समाजका विद्यार्थी नेता मिनेष रावललाई 1 हजारभन्दा धेरै मास्कहरु प्रदान गर्नुभएको हो । बेङ्गलोरको वीवी पुरममा रहँदै आउनुभएका बिष्टले मास्क खरिद गर्न असमर्थ वा खरिद गर्न नजाने नेपालीहरुलाई घर-घरमा गएर मास्क वितरण गर्न भन्दै विद्यार्थी नेता मिनेष रावललाई 1 हजार थान मास्क हस्तान्तरण गर्नुभएको हो ।

मास्क पाएलगत्तै रावलले बेङ्लोरका विभिन्न स्थानमा बस्ने नेपालीहरुको घर-घर पुगेर मास्क वितरण गर्नुभएको हो । बजारमा मास्कको अभाव भएका बेला हिक्मत बिष्टले गरेको योगदानको सबैले प्रसंशा गरिरहेका छन ।

अहिलेसम्म 1 हजारभन्दा धेरै मास्क वितरण गरिसकेको र आवश्यक भएका नेपालीहरुलाई अझै वितरण गर्ने योजना रहेको रावलले बताउनुभयो । उहाँले बीबी पुरम, गान्धीबजार, बसवनगडी.जेसी रोड, लालबाघ रोड, बुल मन्दीर रोड र अन्य स्थानहरुमा पनि वितरण गर्ने योजना बनाइएको छ ।









































