नयाँ दिल्ली, 23 मार्च
कोरोना भाईरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या 15 हजार नाघेको छ । आधिकारिक तथ्याङ्कका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या 15 बजार 1 सय 89 पुगेको छ भने सबैभन्दा धेरै यूरोपमा 9 हजार 189 जनाको मृत्यु भएको छ । कोरोना भाईरस महामारीको सबैभन्दा धेरै प्रकोप ईटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म 5 हजार 476 जनाको मृत्यु भएको छ । यो संख्या चीनमा ज्यान गुमाउनेको भन्दै धेरै हो । कोरोनाको शुरुवात भएको चीनमा अहिलेसम्म 3 हजार 270 जनाको मृत्यु भएको छ । यस महामारीका कारण स्पेनमा 2 हजार 182 जनाको मृत्यु भएको छ भने इरानमा थप 127 जनाको मृत्यु हुँदा कूल ज्यान गुमाउनेको संख्या 1 हजार 812 पुगेको छ । इरानमा कूल संक्रमितहरुको संख्या 23 हजार 49 पुगेको छ । त्यसैगरि धेरै जनसंख्या रहेको अफ्रिकी मूलुक नाइजेरियामा आज कोरोना भाइरस संक्रमणका कारण पहिलो ज्यान गएको छ । भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या 7 पुगेको छ भने संक्रमित हुनेहरुको संख्या 415 पुष्टी भएको छ ।









































