HomeFeatureसरकारद्वारा गरिबहरूको लागि 1.70 लाख करोडको आर्थिक प्याकेजको घोषणा

सरकारद्वारा गरिबहरूको लागि 1.70 लाख करोडको आर्थिक प्याकेजको घोषणा

नयाँ दिल्ली, 26 मार्च 2020

कोरोना भाइरसबाट प्रभावित अर्थव्यवस्था तथा गरिबको सहयोगका लागि भारतको केन्द्र सरकारले 1.70 लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेको छ। केन्द्रीय अर्थमन्त्री नीर्मला सीतारमण तथा वित्त राज्यमन्त्री अनुराग ठाकूरले बिहिबार प्रधानमन्त्री गरिब कल्याण स्किम घोषणा गर्नुभएको हो। यस अनुसार अब प्रत्यक्ष पैसा ट्रान्सफर हुने र खाद्य सुरक्षाका अनुसार गरिबहरूलाई सहयोग गरिनेछ।

वित्तमन्त्री नीर्मला सीतारमणले अहिले लकडाउन भएको 36 घण्टा भएको र सरकारले प्रभावित तथा गरिबको सहयोगका निम्ति काम गरिरहेको बताउनुभएको छ। उहाँले 1.70 लाख करोडको प्याकेज ल्याइएको बताउँदै यो प्याकेजमार्फत् गरिबहरूलाई सहयोग गरिनेछ जानकारी दिनुभयो। वित्तमन्त्रीले यसका साथै स्वास्थ्य क्षेत्रमा काम गरिरहेका तथा कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मी तथा अन्य मेडिकलकर्मीलाई 50 लाख रुपैयाँ बराबरको बिमा गरिने पनि बताउनुभएको छ। उहाँले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनाअनुसार कोही पनि गरिब भोकै नरहने बताउनुभयो। हाल 80 करोडको लाभ दिएको र हरेक महिना 5 किलो गहुँ वा चामल प्रतिव्यक्ति निःशुल्क वितरण गरिने पनि उहाँले बताउनुभयो। अबका तीन महिनासम्म उनीहरुलाई अतिरिक्त 5 किलो गहुँ वा चामल दिइनेछ। प्रति परिवार 1 किलो दाल पनि दिइनेछ।

त्यस्तै, प्रधानमन्त्री गरिब धन योजनाअन्तर्गत किसान, मनोरोगी, गरिब, विधवा तथा अपाङ्गलाई सहज होस् भन्नका लागि सरकारले सहयोग गर्ने भएको छ। उहाँले किसानलाई दिइने 6 हजार रुपैयाँको पी.एम. किसान सम्मान निधि पनि यो अप्रिल महिनाको पहिलो सातामा प्रदान गरिने बताउनुभयो। वित्तमन्त्री सीतारमणका अनुसार अब भारत सरकारले गरिब, विधवा तथा अपाङ्गलाई 2 किस्ताभन्दा अतिरिक्त 1 हजार रुपैयाँ दिनेछ। यो आगामी तीन महिनासम्म प्रति महिना दिइनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...