26 मार्च 2020
नेपाल सरकारले सबै तह र तप्कालाई बन्द गरेको अवस्था हो। तर यस्तो विषम परिस्थितिमा पनि इटा भट्टाहरुमा धमाधम काम भै रहेको छ।
जहाँ सयौको संख्यामा मजदुरहरु दिनहु काममा खटिएका छन्। न ती मजदुरहरु मास्क नै प्रयोग गरिरहेका हुन्छन । न अनुशासनमा नै बस्छन । उनिहरुको भिडले झन सबै स्वाहा हुने परिस्थिति सृजना भै रहेको बेला, सम्बन्धित निकायको त्यसतर्फ ध्यान जान जरुरी देखिएको छ । सम्बन्धित निकायले अर्थात पुलिस प्रशासनले बढि भिडभाड भएको देखेमा दैनिक उपभोगका लागि खोलिएका खुद्रा पसल बन्द गराउदै हिडेपनि बढी जोखिममा रहेका इटा भट्टा भने कहिले बन्द गर्ने होला ? तराईका विभिन्न ठाउहरुमा अरु केही देखिदैन, इटा भट्टाका चिम्नीहरुबाट धुवाँका मुस्लाहरु देख्न भने खुबै पाइएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान समयमै जान जरुरी रहेको छ ।