HomeFeatureनेपालमा 4 जनामा कोरोना पुष्टी, 1 जना उपचारपछि घर फिर्ता, अवस्था नियन्त्रणमै

नेपालमा 4 जनामा कोरोना पुष्टी, 1 जना उपचारपछि घर फिर्ता, अवस्था नियन्त्रणमै

काठमाण्डौ, 27 मार्च 2020

सरकारले कोरोना भाइरस संक्रमण प्रकोपको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पुर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो । मन्त्रालयले हाल सम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको र एकजनाको उपचार भई घर फर्किसकेको र बाँकी २ जना विरामी टेकु अस्पतालमा आइसोलेसनमा रहेको जानकारी गराएको छ । संक्रमित २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले  टेकुमा ४ जना, पाटन अस्पतालमा  ६ जना र कान्तिबाल अस्पतालमा ३ जनालाई आईसोलेसनमा राखिएको जानकारी दिनुभयो । काठमाण्डौ बाहिरआइसोलेसनमा रहेका विरामीको तथ्यांक संकलन गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । मन्त्रालयको कल सेन्टरमा हालसम्म ६ हजार २ सय बढी कलहरु आएको जानकारी उहाँले दिनुभयो । क्वारेन्टाईनमा बसेकाहरु बाहिर निस्केको गुनासो पनि कल सेन्टरमा आउने गरेको भन्दै उहाँले खोकी ज्वरो लगायत श्वास प्रश्वास संग जोडिएका समस्याहरुका बारेमा  आएका कलहरुमा सर्तकता अपनाउने सम्बन्धीमा जानकारीमुलक सुचना दिने गरिएको बताउनुभयो ।

स्वाव परीक्षणको दर बढाउने सवालमा मन्त्रालयबाट काम भईरहेको तथा धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण सुरु गर्ने काम अन्तिम चरणमा पुगेको र पश्चिम तर्फ पनि व्यवस्था गर्ने गरी व्यवस्था मिलाउने सम्बन्धमा काम भईरहेको बताउनुभयो । स्वाब परीक्षणका लागि आवश्यक उपकरणहरु पुग्ने गरी मौजदात रहेको र ३ दिन भित्र पिपिइ  लगायतका उपकरण आउने भएकाले ती सबै समस्या समाधान हुने दाबी उहाँले गर्नुभयो । चिकित्सक स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामाग्री विना संक्रमितलाई हेर्नैपर्ने गरि बाध्यात्मक स्थिति श्रृजना नगरिएको दाबी पनि उहाँले गर्नुभयो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले काठमाण्डौ भित्र ६ वटा र बाहिर १९ वटा हब अस्पताल भनेर राखिएको र ती अस्पतालले फिबर क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । काठमाण्डौ भित्र शिक्षण अस्पताल महाराजगञ्ज ,भक्तपुर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको अस्पताल र निजामति कर्मचारी अस्पतालमा सम्पर्क व्यक्ति तोकेर काम भईरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । काठमाण्डौ बाहिरका हब हस्पिटलहरु संग पनि समन्वय गरि काम भईरहेको र संक्रमण फैलिएको अवस्थामा लिनुपर्ने सर्तकताका बारेमा स्वास्थ्यकर्मी देखि एम्बुलेन्स चालकसम्मको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने गरि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...