HomeFeatureकोभिड-19 परीक्षण निम्ति नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

कोभिड-19 परीक्षण निम्ति नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

नेपालगन्ज, 28 मार्च 2020/ हिम शाह

कोरोना भाइरस (कोभिड-19) संक्रमण भए/नभएको परीक्षणका लागि नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगन्जस्थित राँझा विमानस्थलमा दुर्घटनामा परेको छ। चीनमा बनेको वाई 12 ई मोडेलको 9 एन एकेयू कलसाइनको जहाज दुर्घटनामा परेको हो।

हाम्रा कैलाली संवाददाता हिम शाहका अनुसार आज बिहान अवतरण गर्ने क्रममा धावनमार्गबाट केहीपर घाँसे मैदानमा विमान चिप्लिएको थियो। 11 बजेर 35 मिनेटमा दुर्घटना हुन पुगेको बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर ओलीले जानकारी दिनुभएको छ।

विमानमा एक जना पाइलट, एक जना कोपाइलट, एक जना एयर होस्टेज र एक जना भेरी अञ्चल अस्पतालका चिकित्सक र एक जना कोहलपुर मेडिकल कलेजका चिकित्सक सवार थिए। उनीहरु पाँचै जना सुरक्षित रहेको एसपी ओलीले बताउनुभयो। विमान  के कसरी दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको उहाँले  जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...