HomeFeatureभारतमा कोरोनाको लक्षण देखिए उपचार नपाउने हो कि भन्ने नेपालीहरुलाई डर

भारतमा कोरोनाको लक्षण देखिए उपचार नपाउने हो कि भन्ने नेपालीहरुलाई डर

नयाँ दिल्ली/ 28 मार्च

भारतका विभिन्न ठाँउमा अलपत्र परेका नेपालीहरूलाई खानपिनको समस्या उत्पन्न भइरहेका बेला कुनै नेपालीमा कोरोनाको संक्रमण भेटिए उनिहरूको उपचारमा कस्तो व्यवहार हुने हो भन्ने ठूलो समस्या खडा भएको छ। ठूलो संख्यामा विदेशी पर्यटक भित्रिने भारतको गोवाबाट नेपाल फर्किने क्रममा  ‘ लक डाउन ‘ का कारण दिल्लीमा अलपत्र परेर हरियाणा राज्यको कर्नाल पुगेका एक नेपालीमा उच्च ज्वरो र घाँटीमा समस्या देखिए पनि उनको उपचारमा लापरवाही भएको छ। दाङ स्थायी घर भएका एक युवक आफुमा देखिएको लक्षणका कारण आफ्नो छिटो चेकजाँच भएर आफुलाई के भएको हो भन्ने थाहा पाउन चाहन्छन्, तर अहिलेसम्म उनको राम्रो स्वास्थ्य जाँच पनि हुन सकेको छैन्।  यद्यपि उनि आफुमा ज्वरो र घाँटीमा समस्या देखिएपछि नजिकको सरकारी अस्पतालमा जचाउन गएपनि डाक्टरले ज्वरो ननापेर औषधी दिएकोमा तनावमा छन्। औषधी सेवन गरेपछि पनि हिजो राति उनलाई थप समस्या भएपछि झन तनावमा छन्।

उनले नेशनल लाईभलाई फोन गर्दै भने, “आफ्नो देश जस्तो परदेश हुँदैन, मलाई सन्चो छैन् भनेर रूँदा-कराउँदा पनि कसैले वास्ता गरेनन्। म र मेरो साथी अस्ति 21 मार्चमा गोवादेखि दिल्ली पुगेका थियौँ, लकडाउन भएपछि त्यँही अलपत्र पऱ्यौँ, त्यतिबेला तीन बस गरी आनन्द विहारबाट नेपालीहरूलाई नेपाल फिर्ता पठाइयो तर त्यसमा हामी छुट्यौँ, त्यपछि हामी हिड्दै, पाइएको ठाँउमा गाडी गर्दै कर्नालमा रहेका आफन्त कहाँ पुग्यौँ । ”  कर्नाल पुगेको केही समयमा ज्वरो र घाँटीमा खकार जमेको जस्तो समस्या उत्पन्न भयो, जचाउन बाहिर निस्कँदा पुलिसले लखेटेको उनले भने। उनले प्रवासी अगुवाहरूलाई सम्पर्क गरी आफ्नो समस्या सुनाए र उनिहरूकै सल्लाहमा अस्पतालसम्म पुग्न सफल भए, तर अस्पतालमा जाँचै नगरी औषधी दिएपछि उनि आफुलाई के भएको हो भन्ने चिन्तामा छन्।

अहिले विश्वव्यापी बनेको कोरोना भाइरसको लक्षण पनि यस्तै हुने भएकाले उनि निकै आत्तिएका छन्।  र आफ्नो उपचार छिटोभन्दा छिटो हुनुपर्ने माग गरिरहेका छन्। सोचेको जस्तो उपचार नहुँदा हरेस खाइरहेका छन्।

उनि भन्छन्, “हुनत, 4/5 दिनको यात्रा खानापिनाको समस्या र कोल्ड ड्रिंक जस्तो पेय पदार्थको सेवनका कारण पनि बिसन्चो भएको हुन सक्छ, तर अहिले विश्वव्यापी बनेको कोरोना भाइरसको लक्षण पनि यस्तै हुने भएकाले म निकै डराएको छु।”

अहिले उनि कोरोना भाइरस संक्रमित भएको आशंकामा सेल्फ क्वारेन्टाईनमा छन्। र आज उनले एक प्राइभेट प्रयोगशालाका नमूना संकलनकर्तालाई घरमै बोलाएर नमूना परीक्षणका लागि पाठाएका छन्। तर अलपत्र परेका नेपालीसहित भारतमा रहेका नेपालीलाई यस्तै व्यवहार हुने हो भने उनिहरुले उपचारमा प्राथमिकता पाउलान भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

उनले छिटो रिपोर्ट आएर यदी संक्रमित भएपनि छिटो उपचार शुरु हुनुपर्ने भनेका छन ।

हुन त यो रोग कसैलाई पनि नभएको हामी सबैलाई राम्रो हो । कुनै व्यक्तिलाई यो संक्रमण भएको छ भने सबैभन्दा पहिला उसलाई अलग राखेर उसको उपचार गर्नुपर्ने हुन्छ । तर ती नेपालीको उपचारमा भएको लापरवाहीले उनले नेपाली भएकै कारण ध्यान नदिइएको हो कि भन्ने पनि भन्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...