नयाँ दिल्ली, 28 मार्च/खुम गुरुङ
भारतमा लक डाउनका कारण दिल्ली एनसीआरमा फसेका नेपालीहरुलाई गाडी खुलेको भ्रममा नपर्न प्रवासी अगुवाहरुले आग्रह गरेका छन । लक डाउनका कारण दिल्ली एनसीआरका विभिन्न स्थानमा बसेका नेपालीहरु गाडी खुलेको भन्दै दिल्लीको आनन्द विहार बसअड्डा पुगिरहेका छन । यद्धपी उत्तर प्रदेश परिवहनले लक डाउनका कारण घर पैदलै हिँडेर घर जान लागेका बिहार र उत्तर प्रदेशका मानिसहरुका लागि कयौं बस सञ्चालन गरेको भएपनि उनिहरु पनि गन्तव्य सम्म नपुगेको जनाइएको छ । घर जाने भन्दै नेपालीहरु गए झनै समस्यामा पर्ने कौशाम्बी डिपोले जानकारी दिइरहेको छ । दिल्लीका विभिन्न प्रवासी अगुवाहरुले दिल्ली एनसीआरका विभिन्न स्थानमा शरण लिइरहेका नेपालीहरुलाई यथास्थानमा रहेर सुरक्षित रहन आग्रह गर्दै कुनै हल्लाको पछाडी नलाग्न अपील गरेका छन । यद्धपी दिल्ली एनसाईरमा रहीरहेका नेपालीहरुलाई लक डाउनका कारण खानापिनाको समस्या भएपनि प्रवासी संगछनका अगुवाहरुले त्यसको समाधानका लागि काम गरिरहेका छन ।









































