HomeFeatureनेपालमा कोरोना संक्रमितहरूको संख्या पाँच पुग्यो, बेल्जियमबाट आएकी युवतीमा संक्रमणको पुष्टि

नेपालमा कोरोना संक्रमितहरूको संख्या पाँच पुग्यो, बेल्जियमबाट आएकी युवतीमा संक्रमणको पुष्टि

काठमाण्डौँ, 28 मार्च 2020/ हिम शाह

नेपालमा कोभिड-19 बाट संक्रमितको संख्या पाँच पुगेको छ। आज थप एक जना कोरोना भाइरस (कोभिड-19) संक्रमण भएको पुष्टि भएको हो। बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-19) संक्रमण पुष्टि भएको छ। युरोपबाट फर्किएकी 22 वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोभिड-19 बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ। उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत 4 गते नै कतार एयरवेजको ‘क्यूआर 652’ विमानबाट नेपाल आएकी थिइन्। त्यही विमानमा आएकी 19 वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको 10 चैतमा पुष्टि भएको थियो। त्यसपछि विमानमा सवार 158 यात्रुको खोजी थालिएको थियो। त्यसक्रममा बागलुङ नगरपालिकाकी ती युवतीको पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको बताईएको छ। अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...