HomeFeatureकोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता नभएको स्वास्थ्य...

कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा अनियमितता नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ती

काठमाण्डौँ, 29 मार्च 2020

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्पष्ट पारेको छ । आईतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गर्नुभएको हो । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यसको जाँचका लागि आवश्यक औषध र औषधीजन्य सामान अभाव भएको भन्दै उहाँले अभावकाबीच किन्दा मुल्य केही बढी हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “संसारभरी अहिले सामान छैन । संसारभर सामान किन्न पाईदैन । संसारभरी किन्न नपाएको अवस्थामा केही मंहगो भएको हुनसक्छ । तर समयमा त्यो भएन भने त्यसबाट हुने प्रभाव असाध्यै धेरै हुने भएकाले हामीहरुले बुझ्नुपर्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मितव्ययीता र पारदर्शीतामा नितान्त सचेत छ । यसमा ध्यान दिन्छ र हाम्ले कति किन्छौ, के किन्छौ वेभसाईटमा राखेका छौ । त्यसकारणले जनतालाई गुमराहमा राख्नुपर्ने कुरा केही छैन । अभावको वीचमा किन्दा खेरी पहिला जति भाउ थियो त्यति मुल्यमा पाईदैन । ”

सामान खरिदका लागि टेण्डर आव्हान गर्दा पनि ल्याउन सक्ने अवस्था नभएको र लकडाउन पनि सुरु भईसकेकाले २४ घण्टाभित्र समय दिएर सबै सप्लायर्स बोलाएर छलफल गरेको तथा छलफलमा ५ ÷६ जनाले मात्रै छ भने पनि २ वटाको मात्रै प्रस्ताव परेपछि नेगोसियसनका आधारमा सरकारले सामान किनेको उहाँले स्पष्ट पार्नुभयो ।

अनुदानमा आएको सामानको मुल्य सूची उल्लेख गर्दे सो मुल्य भन्दा नेपाल सरकारले कम मुल्यमा किनेको पनि उहाँले दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आकस्मिक सेवामा आएका विरामी फर्काउने अस्पतालाई मन्त्रालयले कारवाही गर्ने बताउनुभयो । देशका विभिन्न स्थानमा सामान्य ज्वरो खोकी लागेका विरामीले पनि उपचार नपाउने र अस्पतालले गेटबाट नै फिर्ता गराउने गरेको विषय तर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले त्यसो नगर्न निजी अस्पतालहरुलाई आग्रह गर्नुभयो । आकस्मिक सेवा लिन आएका विरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दे उहाँले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन आग्रह गर्नुभयो ।

उहाँले बुटवलमा क्वारेन्टाईनमा बसेकाको मृत्यु भएको सम्बन्धमा नमुना परीक्षणकै क्रममा रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दुतावास, सिचुवान प्रान्त,अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले अहिले सम्म ९ सय १७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिनुभयो । पोजेटिभ आएका चौथो र पाचौ केसको ट्रेसिङ गर्ने काम भईरहेको तथा कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धि जटिलता नदेखिएको बताउनुभयो । उहाँले प्रतिघण्टा ३० वटाको दरले ११ १५ र ११ ३३ मा आएका कलहरुको सम्बोधन हुने गरेको बताउनुभयो ।

मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसमा सोधपुछ गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमुल्यांकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयोे । मन्त्रालयले संचार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र टे«ेसिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...