HomeFeatureसिलगढीमा कोरोनाले ज्यान गुमाएकी महिलाको परिवार क्वारेन्टाइनमा

सिलगढीमा कोरोनाले ज्यान गुमाएकी महिलाको परिवार क्वारेन्टाइनमा

सिलगढी, 30 मार्च, रुबेन गुरुङ

उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा आज बिहानै एक महिलाको कोविड-19 का कारण मृत्यु भएपछि अहिले दार्जीलिङ पहाडको कालेबुङमा रहने उनको पुरै परिवार क्वारेन्टाइनमा रहेको छ ।

परिवारका एक सदस्य अजय सिंहले आफुहरुले परिवारको एक सदस्य गुमाएकोमा दु:ख प्रकट गर्दै अहिले सम्पुर्ण परिवार नै क्वारेन्टाइनमा रहेको बताउनु भएको छ। सामाजिक हितको निम्ति आफुहरु अहिले कसैसँग सम्पर्क नगरी लगातार एकल वासमा बसिरहेका जानकारी गराउदै भोइस म्यासेज जारी गर्नुभयो। उहाँले यस्तो जटिल स्थितिमा जीटीए अध्यक्ष अनित थापाले आफुहरुलाई लगातार फोन मार्फत सम्पर्कमा रहेर मद्दत गरिरहेको बताउदै उहाँप्रति आभार प्रकट गर्नुभयो ।

कोरोना भाईरसबाट संक्रमित कालेबुङकी 44 वर्षीया महिलाको सोमबार बिहानै 2 बजे सिलगढीस्थित नर्थ बंगाल मेडिकल कलेज एवं होस्पिटलमा निधन भएको थियो । ती महिला भर्खरै छोरीको उपचार गराई चेन्नैईबाट फर्किएकी थिइन ।

उनको निधनसँगै पश्चिम बंगालमा कोविड-19 का कारण ज्यान गुमाउनेको संख्या 2 पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...