सिलगढी, 30 मार्च, रुबेन गुरुङ
दार्जीलिङका सांसद राजु बिष्टले कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाएकी कालेबुङकी महिलाको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज एक भिडियो सन्देश जारी गर्दै यस दुखको घडीमा महिलाको परिवारलाई शक्ती प्रदान गर्न भगवानसँग प्रार्थना समेत गर्नु भयो । उहाँले पुरै परिवारको सु-स्वास्थ्यको कामना समेत गर्नु भएको छ ।
यसका साथै सांसद बिष्टले महामारीको रोकथामका लागि राज्य सरकारले पर्याप्त तयारी नगरेका कारण महिलाको मृत्यु भएको पनि आरोप लगाउनु भएको छ ।
उहाँले महिलाको कोरोना भाईरस संक्रमणको रिपोर्ट 4 दिनअघि आएको भए उनको मृत्यु नहुने समेत उहाँले बताउनुभयो ।
उहाँले कोरोना संक्रमणको नमुना परीक्षणका लागी कोलकोता पठाउनु पर्ने बाध्यात्मक स्थितिले अवस्था झनै भयावह हुने बताउनुभयो । उहाँले केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्ष वर्धन र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई भाईरसको रोकथामका लागी पर्याप्त तयारी गर्न पनि अपील गर्नुभयो ।









































