HomeFeatureमित्र मञ्चले भन्यो “नेपालीहरुले दूतावासमा खाद्यान्न सहयोग मागे हामी सहयोग गर्छौं”

मित्र मञ्चले भन्यो “नेपालीहरुले दूतावासमा खाद्यान्न सहयोग मागे हामी सहयोग गर्छौं”

नयाँ दिल्ली, 6 अप्रेल

प्रवासी नेपाली मित्र मञ्च दिल्लीले लकडाउनले खान नपुगेका नेपालीहरुको समस्या आफुहरुले समाधान गर्ने बताएको छ । दिल्लीस्थित नेपाली राजदूतावासलाई एक पत्र लेख्दै मञ्चले खान नपुगेका नेपालीहरुको बारेमा जानकारी आए आफुहरुलाई जानकारी दिन भनेको हो । पछिल्लो केहि दिनमै 121 नेपाली परिवारहरुलाई खाद्यान्न सहयोग गरिसकेको भन्दै मित्र मञ्चले आफुहरुसँग अझै खाद्यान्न उपलब्ध रहेकाले समस्यामा परेका नेपालीहरुलाई जानकारी दिन आह्वान गरेको छ ।

आफुहरुलाई दिल्ली वरपरबाट समस्यामा परेका नेपालीहरुको फोनहरु लगातार आइरहेको र आफुहरुले पनि उनिहरु भएकै ठाँउमा पुगेर खाद्यान्न वितरण गरिरहेको भन्दै दूतावासमा कुनै नेपालीहरुले फोन गरेर सहयोग माग्छन भने आफुहरु सहयोग गर्न तयार रहेको जनाएको छ ।

मित्र मञ्चले आफ्ना पदाधिकारीको व्यक्तिगत सहयोग र नेपाली र भारतीय दाताहरुको सहयोगले 5 किलो चामल, 1 किलो दाल र नूनको किट तयार गरि वितरण गरिरहेको जनाएको छ । आफुहरुसँग 1 सय किट अझै बाँकी रहेको र आवश्यक परे अझै थप्न सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...