HomeFeatureबिना कुनै लक्षण कोरोना संक्रमण देखिन थालेपछि कस्ता बिरामीको नमूना परीक्षण गर्ने...

बिना कुनै लक्षण कोरोना संक्रमण देखिन थालेपछि कस्ता बिरामीको नमूना परीक्षण गर्ने भन्ने अन्यौलता

धनगढी, 7 अप्रेल/ हिम शाह

कुनैपनि लक्षण बिना नै कोरोना भाइरस (कोभिड-19) को संक्रमण देखिन थालेपछि चिकित्सक कस्ता बिरामीको नमूना संकलन गर्ने भन्ने बारे अन्योलमा परेका छन्। सुदूरपश्चिम प्रदेशमा कोरानाको संक्रमण देखिएका धनगढीका 34 वर्षीय युवककी भाउजुलाई बिना कुनै लक्षण कोरोना ‘पोजेटिभ’ देखिएको थियो। कुनै लक्षण नभएको मानिसमा पनि कोरोना पोजेटिभ देखिएपछि उपचारमा संलग्न चिकित्सकहरु नै अन्योलमा परेका छन्।

कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया खोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदैँ आएका छन्। तर, ती महिलामा बिना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन्। सेती अस्पतालका आकस्मिक विभाग प्रमुख, चिकित्सक डा. जगदिश जोशीका अनुसार ती महिलामा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएको थिएन तर संक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो। उहाँले शनिबार मात्रै कोरोना पुष्टि भएका अन्य दुई जनामा पनि कोरोनाको खासै लक्षण नदेखिएको बताउनुभयो।

यसअघि कोरोना भाइरसको संक्रमण भएका धनगढीका 34 वर्षीय युवाका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाइएको थियो। पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट हालसम्म 4 जना संक्रमित भएका छन्। शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्चिम झनै त्रासमा छ। सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ। उसो त नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा पुगेको छ। यसको मतलब विदेशबाट आएकामा मात्र नभई स्थानीय मै पनि कोरोना संक्रमण देखिएको छ। नेपालमै कुल संक्रमण 9 पुगेको अवस्थामा सुदुरपश्चिम मै संक्रमितको संख्या 4 पुगेपछि र स्थानीयमा समेत कोरोना संक्रमित फेला परेपछि सुदूरपश्चिममा थप चुनौती बढेको छ। सुदूरपश्चिमका अधिकांश जिल्ला भारतसँग जोडिएका जिल्ला हुन्। ठूलो संख्यामा आफ्नो रोजीरोटीका लागि सुदूरपश्चिमका युवाहरु वैदेशिक रोजगारीको क्रममा जान्छन्। जसमा ठूलो संख्या भारत जानेको छ। उनिहरु मध्ये धेरै जना लकडाउनको केहि दिन अघि वा लकडाउनकै चरणमा विभिन्न बाटो गरी नेपाल भित्रिएको बताइएको छ। फागुन तेस्रो सातायता सुदूपश्चिममा मात्रै 1 लाख 42 हजार नागरिक विभिन्न नाका भएर नेपाल फर्केका थिए। यसरी नेपाल छिरेका मध्ये अधिकांश सुदूरपश्चिमका नै छन्। शनिबार भेटिएको संक्रमित स्थानीय महिलामा कुनै लक्षण नदेखिँदा पनि कोरोना पोजेटिभ भेटिएपछि अझै चुनौती थपिएको छ।

कैलाली घर भएका एक कोरोना संक्रमित 21 वर्षीय युवा भारतको मुम्बईबाट चैत्र 12 गते धनगढीको गौरीफन्टा नाका हुँदै घर पुगेका थिए। तर, घर पुगेलगत्तै उनलाई छिमेकीहरूको बलमा क्वारेन्टाइनमा पुर्याइएको थियो। त्यस्तै, अर्का एक व्यक्ति भारतबाटै महाकाली नदीमा ट्युबको सहायताले नेपाल प्रवेश गरेका थिए। उनिसँगै अरु 11 जना पनि नेपाल प्रवेश गरेका थिए। ससस्त्र प्रहरीले उनिहरुलाई गड्डाचौकीस्थित हेल्थ डेस्कमा जाँच गरेर सार्वजनिक गाडीमा राखेर वेदकोट नगरपालिका-10 सुन्दरपुरको कृषि पाइलट फर्ममा बनाइएको क्वारेन्टाइनमा पुऱ्याइएको थियो।  अहिले उनिहरुलाई पक्राउ गर्ने सुरक्षाकर्मीलाई पनि क्वारेन्टाइनमा राखिएको छ। पक्राउ गरेको चैत 14 गते हो भने संक्रमित पुष्टि भएको चैत 22 गते।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...