HomeFeatureलकडाउनले अवरुद्व यार्साको यात्रा

लकडाउनले अवरुद्व यार्साको यात्रा

जाजरकोट, 18 अप्रेल/ हिम शाह

अघिल्लो वर्ष बारेकोट गाउँपालिका–५ का प्रेम शाही यो समयमा बजारमा सामग्री बनाउँदै डोल्पा यात्राको तयारीमा थिए। अहिले उनी बन्दाबन्दीका कारण आफ्नै खेतबारीमा बर्खे आलु लगाउन व्यस्त छन्। आलु लगाउने काम परिवारका अरु सदस्यको जिम्मा छाडेर डोल्पा जाने शाही यो वर्ष भने मुख्य पेशा बनाएर आलु लगाउने काममा व्यस्त हुनुपरेको बताउँछन्। उनीलगायत गाउँका सबै स्थानीयवासी अहिले आलु लगाउनै व्यस्त भएको शाहीको भनाइ छ।

डोल्पामा पाइने यार्सागुम्बा सङ्कलनका लागि चाहिने आवश्यक खाद्यान्न, लत्ता कपडाका लागि स्थानीय बजारहरु भरिभराउ देखिने यो समय बन्दाबन्दीका कारण सबै ठप्प भएको छ। स्थानीय बजारमा व्यापारदेखि आवतजावतसम्म ठप्प भएको छ। यार्सागुम्बा सङ्कलन गर्ने योजना यो वर्ष मनभरि पीडाको रूपमा बसेको अर्का ओम सिंहले भनाइ छ। भारतमा कमाइ गरी चैतमा फर्कने यहाँका स्थानीयवासीहरु अर्को खेत कमाइका लागि उपयुक्त ठाउँ डोल्पाको यार्सागुम्बलाई रोज्थे।

वैशाखको पहिलो हप्तासम्म सबै आवश्यक सामग्री तयार गरी गाउँका सबै स्थानीयवासीहरु वैशाख १२ गतेसम्म डोल्पातर्फ जाने गर्थे। केही स्थानीय व्यापारीहरु प्रवेश पुर्जीको चाँजोपाँजो मिलाउन अगाडि नै जान्थे। अहिले न स्थानीय बजारमा आवश्यक सामग्री पाइन्छ न त प्रहरीले नै सडकमा हिँड्न दिने गरेको छ।

जाजरकोट–डोल्पा सडकखण्डको बीचमा रहेको भेरी नदीमाथि रहेका झोलुङ्गे पुलमा प्रहरीले नियमित गस्ती गर्नुका साथै पुलमा जाली राखेर बाटो थुनिएको छ। यार्सागुम्बा सङ्कलनकै लागि सबै स्थानीयवासी डोल्पा जाँदा स्थानीय तहमा विकास निर्माण कामसमेत वैशाखदेखि अवरुद्ध हुने गर्दथ्यो।

निम्न माध्यमिक तह, मावि तह र क्याम्पसमा पढ्ने सबै विद्यार्थी पढाई खर्च जुटाउन कापी किताब एक महिनाका लागि झोलामा थन्क्याएर डोल्पा जाने गरेका थिए। अहिले आधारभूत तहको परीक्षा भई परीक्षाफल प्रकाशित भइसकेको छैन। त्यस्तै मावि तहको माध्यमिक शिक्षा परीक्षासमेत कहिले हुने भन्ने अन्याल नै छ। कक्षा ११ र १२ को परीक्षाको कुनै टुङ्गो छैन। यसरी परीक्षाको टुङ्गो नहुँदा विद्यार्थीहरु अन्यालमा पर्नुका साथै यार्सागुम्बासमेत टिप्न जान नपाउने भएका छन्।

अभिभावकहरुले समेत कमाइका लागि यार्सागुम्बा सङ्कलनलाई एउटा गतिलो माध्यम बनाउँदै आएका थिए। रुकुम पश्चिम आठविसकोट नगरपालिका बटालागाउँका धनवीर बटाला भन्छन्, “छोराछोरी लिएर डोल्पा जाने यो पटक नहुने भयो, उनीहरुको परीक्षा भएको छैन, यो बर्खामा कसरी खर्च चलाउने हो, मुस्किल पो हुने भयो ।” गाउँमा रोजगारीको कुनै अवसर नभएकाले भारत र डोल्पा नै हातमुख जोड्नका लागि उपयुक्त ठाउँ भएको उनले बताए । “घरभित्र बसेर बसेर कहाँ कमाइ हुन्छ ? गाउँमा विकास निर्माणका कामसमेत ठप्प छन्, हुनेखानेलाई त के फरक पर्छ र ? हामी जस्तो गरीबलाई सबैभन्दा बढी दुःख छ”, उनले भने ।

वैशाख १ गतेदेखि विद्यालयमा भर्ना अभियान सञ्चालनसँगै भर्ना भएर डोल्पा जाने विद्यार्थीहरु घरमै बन्दी भएका छन् । नलगाड नगरपालिका, आठविसकोट नगरपालिका र भेरी नगरपालिकाका अधिकांश ठाउँमा गहुँ पाकेका कारण अभिभावकहरु छोराछोरी साथमा लिएर गहुँ काट्ने अभियानमा जुटेका छन् । डोल्पाका स्थानीय तहहरुले समेत कोरोना भाइरसकै महामारीमा जोगिन र जोगाउनमा ध्यान गएका कारण यार्सातर्फ खास ध्यान नगएको बताउँदै आएका छन् । सबैभन्दा बढी पुर्जी दिने शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जले यो पटक चोरी, निकासी नियन्त्रणमा मात्र ध्यान केन्द्रित गरेको छ । सबैभन्दा बढी यार्सागुम्बा पाइने उपल्लो डोल्पाका अधिकांश स्थानीयवासीहरु बाहिर जिल्लामा रहेका छन् । जनप्रतिनिधिहरुसमेत काठमाडौँमा रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...