HomeFeatureसिक्किममा लकडाउनका लागी नयाँ दिशा-निर्देश जारी, कडाई यथावत रहने

सिक्किममा लकडाउनका लागी नयाँ दिशा-निर्देश जारी, कडाई यथावत रहने

गान्तोक, 18 अप्रेल, केएन शर्मा

सिक्किम राज्यमा पनि दोस्रो चरणको लकडाउन कड़ाकड़ीसित पालन भइरहेको छ। यसैबीच केन्द्र सरकारको गाइडलाइनलाई आधार गरेर त्यसमा केही फेरबदलको साथमा आगामी 20 अप्रेलदेखि कुन कुन कुरामा छुट दइने तथा कुन कुन कुरामा रोक यथावत रहनेछ भन्ने बारेमा राज्य सरकारले आफ्नो गाइडलाइन जारी गरेको छ। राज्य सरकारका मुख्य सचिव एससी गुप्ताले आज टाशीलिङ सचिवालयमा पत्रकार सम्मेलन गरेर उक्त नयाँ गाइडलाइ बारे जानकारी गराए।

उल्लेखनीय छ, सिक्किम राज्यमा अहिलेसम्म 78 वटा सेम्पलको जाँच गरिए तापनि एउटै पनि कोरोना पोजिटिभ मामिला प्रकाशमा आएको छैन। यसैले देशमा आजसम्म एउटै पनि कोरोना सङ्क्रमणको मामिला नभएको राज्य बन्न पुगेको छ सिक्किम। यस्तोमा 20 अप्रेलदेखि लकडाउनमा धेरैवटा कुरामा छुट दिइनसक्ने सर्वसाधरणले अनुमान लगाएका थिए। तर, त्यसो गरिएको छैन। मुख्य सचिव गुप्ताले बताएअनुसार राज्यमा 3 मईसम्मनै लकडाउन कड़ाकड़ीसित पालन गरिनेछ। केन्द्र सरकारको गाइडलाइमा केही फेरबदल गरेर केही कुरामा मात्र छुट दिइने उनले बताए। विशेष गरेर कृषि र निर्माण कार्य सम्बन्धित गतिविधिमा छुट दिइने उनले जानकारी गराए। तर, यसमा पनि सामाजिक दुरीलाई पूर्णरुपले पालन गरिनुपर्नेछ। यसरी नै निर्माणकार्यमा त्यहीँ भएका मजदूरहरूलाई मात्र काममा लगाउन पाइनेछ। अन्यस्थानबाट मजदूर ल्याउन पाइने छैन।

20 अप्रेलदेखि राज्य सरकारका सबै कार्यालाय खुल्ला रहने पनि मुख्य सचिव गुप्ताले बताए। कार्यालयमा संयुक्त सचिवदेखि माथिका अधिकारीहरू अनिवार्य रुपमा आउन पर्नेछ भने त्यसदेखि तल्लो तहका कर्मचारीहरूलाई लिएर सम्बन्धिक विभागका प्रमुखले रोस्टर सिस्टममा दिनमा अधिकतमा एक चौथाइ गरेर कार्यालाय बलाउने छन्। अर्कोतिर ग्रामीण क्षेत्रमा एमजी नरेगामा भने काम खुल्ला गरिएको छ।

राज्य बाहिर तथा राज्य भित्रै पनि मानिस र वाहनहरूको आवागमनमा भने 20 अप्रेलपछि पनि प्रतिवन्ध कायम रहने भएको छ। तर, आपतकालीन सेवाहरूलाई भने पहिले जस्तै छुट रहनेछ। राज्यका सबै स्कूल-कलेज र विश्वविद्यालय 3 मईसम्म नै पूर्णरुपले बन्द रहनेछ। ठाउँ-ठाउँमा अड़किएका मानिसहरूको सुविधाको निम्ति एक-दुईवटा होटललाई भने खोल्ने अनुमति प्रदान गरिने पनि मुख्य सचिव एससी गुप्ताले बताए। केन्द्र सरकारको निर्देशअनुसार अबदेखि सिक्किममा पनि घर बाहिर निस्कँदा फेस माक्स लगाउनु तथा कपड़ाले मुख छोप्नु अनिवार्य हुनेछ भन्दै उनले यस लकडाउलाई सफल बनाएर कोरोना भाइरस विरुद्धको लड़ाई जित्नमा प्रत्येक राज्यवासीले योगदान दिनुपर्ने अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...