HomeFeatureसरकारले जारी गरेका अध्यादेशहरु आपत्तिजनक भएको भन्दै तत्काल फिर्ता लिन नेपाली काँग्रेसको...

सरकारले जारी गरेका अध्यादेशहरु आपत्तिजनक भएको भन्दै तत्काल फिर्ता लिन नेपाली काँग्रेसको माग

काठमाण्डौँ, 21 अप्रेल

सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली काँग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। विश्व कोरोना भाइरससँग लडिरहेका बेला मुल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै काँग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरु फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो।

संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ। लकडाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताउनुभयो। जनताहरु घरभित्रै कष्टकर जीवन विताइरहेको उल्लेख उहाँले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएका फिर्ता लिनुपर्ने बताउनुभयो।

संवैधानिक निर्णयहरु साझा स्वामित्व बोध हुने र राष्ट्रिय जीवनलाई सहजता प्रदान गर्नेगरी हुनुपर्नेमा बहुमतका आधारमा निर्णय गर्न सकिने विषयलाई कांग्रेसले गम्भिर रुपमा लिएको उहाँले बताउनुभयो। नागरिकको जीवनप्रति गम्भिर हुँदै सबै विषय थाँति राखेर कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्ने अभियानमा लाग्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपाली कांग्रेसका भातृसंगठनहरुले सरकारको निर्णयविरुद्ध मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्ने प्रवक्ता शर्माले बताउनुभयो। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन र डेमोक्र्याट लयर एसोसिएसनल एउटै समयमा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नेछन्।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार राजनीतिक दल सम्बन्धि (दोस्रो संशोधनं अध्यादेश 2077 र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यक्षदेश 2077 जारी गर्नुभएको थियो। सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...