HomeFeatureगुजरातमा सयौं नेपालीको पेट भर्दै मातृभूमि च्यारिटेबल ट्रस्ट सुरत

गुजरातमा सयौं नेपालीको पेट भर्दै मातृभूमि च्यारिटेबल ट्रस्ट सुरत

वलसाड-गुजरात24 अप्रेल / टंकप्रसाद दाहाल

गुजरातको सुरतमा कोरोना महामारीको लडाईमा लकडाउन गरिएपछि भोकै प्यासै रहन बाध्य सयौं नेपालीहरुको भोको पेट भर्ने काम भइरहेको छ । मातृभूमि च्यारिटेबल ट्रस्ट सुरतका अध्यक्ष एवं अखिल भारत गोरखा समाज-वलसाड जिल्लाका मार्गदर्शक तथा समाजसेवी भूपेन्द्र राजपूत र नेपाली संघ सुरतका सदस्यहरुले सूरत जिल्लाका विभिन्न क्षेत्र एंव टोलमा पुगेर 1200 भन्दा धेरै नेपालीहरुलाई खाना र अन्य आवश्यक सामग्रीहरु वितरण गरेका हुन । मातृभूमि च्यारिटेबल ट्रस्ट नेपाली समाजले लकडाउनको समयमा दैनिक रुपमा खाना पकाएर सुरतका विभिन्न क्षेत्रमा नेपालीहरुलाई बिहान-बेलुकाको खाना खुवाउने काम गरेको छ ।

समाजसेवी भूपेन्द्र राजपूत र सुरतका नेपाली समाजले नेपालीहरुका साथ-साथै ड्युटीमा खटिएका पुलिस र  गृहरक्षक कर्मचारीहरूलाई पनि भोजन ग्रहण गराइरहेका छन । भोकै रहन बाध्य भएकाहरुको भोको पेट भर्ने काममा स्थानिय आजाद न्यूज च्यानल पनि लागेको छ । सुरतका मातृभूमि च्यारिटेबल ट्रस्ट नेपाली समाजका भूपेन्द्र राजपूतले गरेको कामका कारण नेपालीहरुलाई राहत मिलिरहेको छ भने आफु सकेसम्म गुजरातमा रहेका नेपालीहरु भोको बस्न नदिने प्रतिवद्धता भूपेन्द्र राजपूतले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...