नयाँ दिल्ली, 25 अप्रेल
भारतले कोरोना भाइरस (कोभिड-19) महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो बनाएको छ। भारतीय गृह मन्त्रालयले सूचना जारी गरी आवश्यक सुरक्षाका उपाय अपनाएर साथै सामाजिक दूरी कायम गरेर पसलहरू खोल्न दिने जनाएको छ। पसलमा 50 प्रतिशतभन्दा बढी कामदार राख्न नपाइने र कामदारले मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र दुरी कायम गर्नुपर्ने गृह मन्त्रालयले जनाएको छ।
मदिरा पसलहरू खोल्न अनुमति दिइएको छैन भने, अत्याधिक संक्रमित रहेका र जोखिम भएका क्षेत्रमा भने पसल खोल्न पाइने छैन। डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने विकल्प दिइएको छ। केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुका चार जिल्लालाई उच्च निगरानीमा राखेको छ।
भारतमा पहिलो चरणमा 25 मार्चबाट 14 अप्रेलसम्म लकडाउन घोषणा गरिएको थियो भने, संक्रमित बढ्दै गएपछि लकडाउन 3 मे सम्मका लागि लम्ब्याइएको छ।









































