HomeFeatureक्वारेन्टिनमा रहेका केही व्यक्तिहरूमा औँलो रोगको संक्रमण देखियोः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

क्वारेन्टिनमा रहेका केही व्यक्तिहरूमा औँलो रोगको संक्रमण देखियोः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाण्डौँ, 25 अप्रेल

क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औँलो रोगको संक्रमण देखिएको छ। देशका विभिन्न ठाउँमा क्वारेन्टिनमा रहेका केही व्यक्तिहरुमा औँलो पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। कुन ठाउँको क्वारेन्टाइनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने बारे भने मन्त्रालयले केही जानकारी दिएको छैन। क्वारेन्टिनस्थल व्यवस्थित बनाउन उहाँले सबैलाई आग्रह समेत गर्नुभएको छ। अहिलेको अवस्थामा गर्भवति महिला र बच्चहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणिय स्वास्थ्यमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ।

नेपालमा शनिबारसम्म 49 जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा 12 जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत 27 वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन्। यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट 19 वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन्। शुक्रबार नै झापामा 1 जना कोरोना संक्रमित देखिएका छन्। झापाको दमकका 62 वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। चैत 4 गते उहाँका छोरा दुबइबाट फर्किएका थिए। संक्रमण देखिएका पुरुषसँगै अन्य 3 जनाको आरडीटी पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। पीसीआर गर्दा 1 जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो। अहिले सबैभन्दा बढी विराटनगरमा 30, वीरगञ्जमा 5 तथा भरतपुर तथा धनगढीमा 1/1 जना गरी देशभरी 37 जना उपचाररत छन्।

परीक्षणको आँकडा करिब 50 हजार नजिक पुगेको छ। आरडीटी र पीसीआर विधिबाट गरी अहिलेसम्म 49 हजार 3 सय 36 जनाको कोरोना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट 9 हजार 6 सय 66 र आरडीटी विधिबाट 39 हजार 6 सय 70 जनाको परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 1 हजार 9 सय 45 वटा नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशमा आरडीटी परीक्षण सबैभन्दा बढी गरिएको छ। शनिबारसम्म त्यहाँ 10 हजार 2 सय 4 वटा नमुना परीक्षण भएका छन्। यसैगरी प्रदेश नम्बर 1 मा 4 हजार 1 सय 60, प्रदेश नम्बर 2 मा 4 हजार 44 र बागमती प्रदेशमा 7 हजार 4 सय 67 नमुना परीक्षण भएका छन्। गण्डकी प्रदेशमा 4 हजार 8 सय 61 प्रदेश नम्बर 5 मा 2 हजार 9 सय 50 र कर्णाली प्रदेशमा 4 हजार 9 सय 74 वटा परीक्षण भएका छन्।

देशभरी शनिबारसम्म 14 हजार 7 सय 31 जना क्वारेन्टाइनमा रहेका छन्। सबैभन्दा बढी प्रदेश नम्बर 5 मा 7 हजार 3 सय 56 र बागमती प्रदेशमा 1 सय 31 जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा 3 गरी बाहिर 84 गरी 87 जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...