HomeFeatureविवाह खर्च वाफतको रकम 'कोभिड-19, प्रधानमन्त्री राहत कोष' मा जम्मा

विवाह खर्च वाफतको रकम ‘कोभिड-19, प्रधानमन्त्री राहत कोष’ मा जम्मा

काठमाण्डौँ, 27 अप्रेल

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम ‘कोभिड—19, प्रधानमन्त्री राहत कोष’ मा जम्मा गर्नुभएको छ। सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड—19, प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गर्नुभएको हो। पूर्व महामन्त्री काफ्लेले कोषमा 2 लाख रुपैयाँ जम्मा गर्नुभएको हो। विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो। सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) को प्रभाव नेपालमा पनि छ। प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका सांसदहरुले राहत कोषमा रकम जम्मा गरेका छन्। नीजि क्षेत्रका व्यवसायी र अन्य नागरिकहरुले पनि व्यक्तिगत रुपमा कोषमा सहयोग रकम जम्मा गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म 52 जनामा संक्रमण देखिएको छ। 16 जना उपचारपछि निको भएर घर फर्किएका छन्। 1 सय 10 जना आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...