नयाण दिल्ली डेस्क, 27 अप्रेल
वैश्विक महामारी कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 2 लाख 7 हजार 885 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 30 लाख 12 हजार 389 पुगेको छ भने, 8 लाख 88 हजार 73 जना उपचारपछि ठिक भएका छन्। कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 55 हजार 415 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 9 लाख 87 हजार 322 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 26 हजार 644 जनाको ज्यान गएको छ भने, 1 लाख 97 हजार 675 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 23 हजार 521 जनाले ज्यान गुमाएका छन् भने, त्यहाँ संक्रमितहरूको संख्या इटालीभन्दा बढी 2 लाख 29 हजार 422 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 22 हजार 856 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 62 हजार 100 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 830 पुगेको छ भने, 4 हजार 633 जनाले ज्यान गुमाएका छन्। चीनमा अहिलेसम्म 77 हजार 474 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन् भने, 723 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 27 हजार 977 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 884 पुगेको छ। त्यहाँ 6 हजार 523 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 52 पुगेको छ। 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्। भने 36 जनाको उपचार चलिरहेको छ।









































