HomeFeatureनेपाल ईन्जिनियर्स एशोसिएसनद्वारा सरकारी अस्पतालहरुलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण

नेपाल ईन्जिनियर्स एशोसिएसनद्वारा सरकारी अस्पतालहरुलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण

काठमाण्डौँ, 28 अप्रेल

नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाव कलेक्सन बुथ निर्माण गरी बागमती प्रदेशका सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरेको छ। एशोसिएसनले निर्माण गरेका स्वाव कलेक्सन बुध मंगलबार विभिन्न 6 वटा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गरिएको हो। कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षार्थ बुथ निर्माण गरिएको एशोसिएसनका सभापति नन्दलाल बञ्जाडेले बताउनुभयो। एशोसिएसनले मंगलबार दोलखाको चरिकोट, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रविसे, काभ्रेको पाँचखाल, नुवाकोट खरानीटार र धादिङको धादिङवेसीका लागि कलेक्सन बुथहरु पठाएको छ। यसअघि रामेछापको मन्थली, सिन्धुपाल्चोकको चौतारा, काभ्रको मण्डनदेउपुर र नुवाकेटको विदुरमा 4 वटा स्वाव कलेक्सन बुथ पठाइएको उहाँले बताउनुभयो।

कोरोना नियन्त्रणका लागि कोरिया तथा भारतलागयतका बुथहरुबाट स्वाव कलेक्सन भइरहेको सन्दर्भमा नेपाली इन्जिनियरहरुले पनि निर्माण गरेको एशोसिएसनका सदस्य सुरज गौतमले बताउनुभयो। विषम परिस्थितिमा इन्जिनियरहरुले देशका लागि गर्न सक्ने सहयोग स्वरुप यो प्रयास गरिएको उहाँले बताउनुभयो।

एउटा बुथ निर्माणमा 90 हजार देखि 1 लाखसम्म खर्च हुने गरेको छ। एशोसिएसनका सदस्य तथा अन्य इन्जिनियरहरुले अहिले आर्थिक सहयोग गरिरहेका छन्। अहिलेसम्म विभिन्न ईन्जिनियहरुबाट 4 लाख भन्दा बढी सहयोग भएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...