HomeFeatureसिक्किमका सीमामा कोरोना रोकथामका लागि यसरी गरिदैँछ कडाई

सिक्किमका सीमामा कोरोना रोकथामका लागि यसरी गरिदैँछ कडाई

गेजिङ २८ अप्रेल ( केएन शर्मा )

विश्वलाई त्रसित बनाएको कोरोना भाईरसको महामारीमा सिक्किम राज्यको पश्चिम जिल्लाले पनि कडा सतर्कता अपनाएको छ । छिमेकी राज्य पश्चिम बंगालसँगको ४० किलोमीटर लामो सीमाना र अन्तर्राष्ट्रिय छिमेकी राष्ट्र नेपालको सीमा क्षेत्रमा धेरै सुरक्षाकर्मीहरु तैनाथ छन् । पश्चिम जिल्ला प्रशासन साथै पुलिस प्रशासनको पहलमा हाल यि सीमा क्षेत्रमा कडा सुरक्षा गरिएको छ । पश्चिम सिक्किम र पश्चिम बंगाललाई राम्भाङ खोलाले छुट्याउछ भने यहाँको जोर्थाङ नयाँ बजारदेखी गोर्खेसम्मको दुरीबाट बंगालसँग जोडिएका धेरै मुल बाटो अनि गल्लीहरु छन् । जसलाई आज प्रशासनले पुर्ण रुपमा सील गरेर सुरक्षाकर्मी खटाएको छ। पश्चिम बंगालको दार्जीलिङका केहि स्थानहरुमा पश्चिम सिक्किमबाट सहजै वारपार गर्ने दुवै पक्षको रगतको साइनो रहेको यस स्थानमा अहिलेको महामारीले टाढा बनाएको छ। यहाँको मुल प्रवेश द्वार राम्भाङ चेकपोस्ट ,एनटीपीसी चेकपोस्ट हुन भने दर्जनौं गल्ली , चोर बाटो , र झोलुङ्गे पुल आदि सबै पश्चिम जिल्ला पुलिस प्रशासनको पहलमा फेन्सिङ गरेर बन्द गरेको छ । भने खोला किनारा अनि गल्लीहरुमा आइआरबी जवान साथै पुलिसकर्मीहरु 24 घन्टा तैनाथ छन् ।

सोसेङ एसएचओ निरज खतिवडाका अनुसार पश्चिम बंगाल राज्यको सिमानामा रहेको पश्चिम सिक्किममा धेरैवटा क्याम्प निर्माण गरि क्याम्पमा छ जना भन्दा धेरै सुरक्षाकर्मी खटाइएको छ । आइआरबी जवानहरु पालै-पालो गरि २४ घण्टा खटिरहेकोले सीमा क्षेत्रमा पनि कुनै आपत्ति छैन ।

यस्तै प्रकारले राज्यको सुरक्षाको निम्ति जंगलमा टेन्ट लगाएर अहिले आपतकालीन अवस्थामा खोलाको बगर मुल गल्ली, खेतका किनारातिर टेण्ट लगाएर सुरक्षा कर्मीहरु तैनाथ रहेका बताउदै यस महामारीबाट बाँच्न सबैले सहयोग पुर्याउनु पर्ने बताएका छन ।

 त्यसै गरि यस्तो आपतकालीन अवस्थामा पंचायतको भुमिकाबारे बताउँदै यसै स्थानका पंचायत ज्ञान बहादुर तामाङले राज्यलाई सुरक्षित राख्ने अहम भूमिका सिक्किममे नागरिकको भएको बताउनु भयो । सुरक्षा गर्ने काम केवल सरकार र प्रशासनको मात्रै नभएर सम्पुर्ण आम नागरिकले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने, सुरक्षाकर्मीहरु आफ्नो तहमा खटेका छन्, प्रशासन, सरकार सबै लागी परेका छन यस्तो अवस्थामा गाँउलेहरुले जमिन बाँझो राख्न नहुँने र आम नागरिकले सरकारको नियमलाइ पुर्ण रुपमा पालन गर्नुपर्ने बताउनुभयो । यस आपतकालीन अवस्थामा सुरक्षाको निम्ति खटेकाहरुलाई मङ्सारी मगरजुम ग्राम पन्चायत एकाईका पन्चायतहरुको टोलीले चिया, खाजाको ब्यवस्था अनि उनिहरुलाई आफ्नु तहबाट सहयोग गरिरहेको छ ।

यस विश्व महामारीबाट सुरक्षीत भारतको एउटामात्रै राज्य हो सिक्किम । भारत सरकारको नियम अनुसार सिक्किममा पनि दोस्रो चरणको लकडाउनलाई पुर्णरुपमा पालन गरिएको छ भने राज्य सरकारको अठोट प्रयासले अनि प्रशासनको कडा निगरानीले सिक्किमलाई सुरक्षित राखिएको छ । सामाजिक दुरी अनि घरमै बस्नु यसको मुल औषधी भएता पनि अहिले लकडाउन चलिरहेको बेला कतिपय अशिक्षित व्यक्तिहरु बिना कारण बजारमा डुलिरहेको अनि पुलिस प्रशासनले यसरी डिजास्टर मेनेजमेन्ट एक्टको नियममा नरहेको देखेर केही तर्साउने गरेका छन् ।

यस्तो कुरामा कतिपयबाट धेरै कमेन्ट आएको तर सुरक्षाको निम्ति सम्झाउँदा पनि पुलिसकर्मीलाई दोष लगाउने यस्ता अशिक्षित व्यक्तिहरुलाई अझ कडा कारवाही गरिनुपर्छ भन्ने गाउँलेहरुको भनाई छ। आज राज्यलाई यस महामारीबाट सुरक्षित राख्न र सीमा क्षेत्रहरुबाट राज्यमा कुनै संक्रमण भित्रिन नदिन राज्यका पुलिस, आइआरबी जवानहरु आफ्नो परिवारको पनि कुनै ख्याल गर्न नपाएर सीमा क्षेत्रमा, सडकमा, बजारमा, जंगलमा, खोला किनारा ,डाँडा तिर क्याम्प लगाएर तैनाथ छन् । तर आज कतिपय मानिसहरूले उनिहरुको खटाईलाई सम्मान गर्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...