नयाँ दिल्ली डेस्क, 28 अप्रेल
वैश्विक महामारी कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 2 लाख 12 हजार 516 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 30 लाख 84 हजार 740 पुगेको छ भने, 9 लाख 34 हजार 403 जना उपचारपछि ठिक भएका छन्। कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 56 हजार 803 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 10 लाख 10 हजार 507 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 26 हजार 977 जनाको ज्यान गएको छ भने, 1 लाख 99 हजार 414 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 23 हजार 822 जनाले ज्यान गुमाएका छन् भने, त्यहाँ संक्रमितहरूको संख्या इटालीभन्दा बढी 2 लाख 32 हजार 128 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 23 हजार 293 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 65 हजार 842 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 836 पुगेको छ भने, 4 हजार 633 जनाले ज्यान गुमाएका छन्। चीनमा अहिलेसम्म 77 हजार 555 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन् भने, 648 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 29 हजार 451 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 939 पुगेको छ। त्यहाँ 7 हजार 137 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 54 पुगेको छ। 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































