HomeFeatureगैर आवासीय नेपाली संघद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

गैर आवासीय नेपाली संघद्वारा सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौँ, 30 अप्रेल

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। गैर आवासीय नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहीबार स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराउनुभएको छ। एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीहरुले यस अघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराएको थियो। बिहीबार फेरी 310 थान ज्वरो नाप्ने थर्मोमिटर, 2 हजार थान फेस सिल्ड, एन 95 मास्क 1 हजार थान, डिस्पोजेबल मास्क 20 हजार थान, ह्याण्ड ग्लोब्स 1 हजार थान, पीपीइ गाउन 2 हजार थान उपलब्ध गराएको शर्माले बताउनुभयो। यस्तै एनआरएनए चीनले ह्याण्ड ग्लोब्स 30 हजार थान, डिस्पोजेबल मास्क 20 हजार थान एन 95 मास्क 1 हजार 4 सय 50 थान उपलब्ध गराएको छ। यस्तै एनआरएनए मकाउ र हङकङले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि छिट्टै सरकारलाई उपलब्ध गराइने शर्माले बताउनुभयो।

एनआरएनएले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सजिलो बेला भन्दा अप्ठेरो अवस्थामा साथ दिनेहरु नै भरपर्दो र नजिकको हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो। उहाँले उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु पारदर्शि रुपमा प्रयोग हुने र त्यसको विवरण हेर्न सकिने समेत बताउनुभयो।

एनआरएनए दक्षिण कोरियाले 1 व्यक्ति 1 टेस्ट अभियानका साथ कोरियामा रहेका नेपाली नागरिकहरुबाट रकम उठाई परिक्षण किट सहयोग गरेको छ। यस्तै आगामि दिनमा पनि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै जाने एनआरएनएहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...