HomeFeatureविपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउन सामूहिक खेती अभियान सुरू

विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउन सामूहिक खेती अभियान सुरू

काठमाण्डौँ, 2 मे 2020

चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु गरेको छ। नगरापालिका भित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा  खेती सुरु गरिएको हो। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाँझो जमिनमा सामूहिक खेती सुरु गरिएको नगरपालिकाका मेयर नारायण वनले बताउनुभयो। उहाँका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर 14 पिठुवामा रहेको करिब 30 विगहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको छ। नगरपालिकाले विपन्न वर्गका 3 सय परिवारलाई 50 समूह बनाई सामूहिक खेतीको सुरुवात गरेको हो। सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ। यस्तै बाँझो जग्गा राख्नेलाई जरिवाना समेत गर्दै आएको  छ।

विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेती गर्ने अभियान सञ्चालन गरिएको मेयर वनले बताउनुभयो। कोरोना भाइरस (कोभिड-19) को रोकथामका लागि लकडाउन गरीएपछि समस्यामा परेका विपन्न वर्गका लागि नगरपालिकाले 82 लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो। काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...