नयाँ दिल्ली, 2 मे 2020
सुदूरपश्चिम एकता समाज ट्रष्टले दिल्ली स्थित कुणि सहकारी संस्था लिमिटेड र महिला सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा दिल्लीका विभिन्न स्थानमा खाद्यान्न वितरण गरेको छ । विभिन्न सामाजिक संस्थाको प्रयासले दिल्ली वरपर भोकै रहेका नेपालीहरुको समस्या समाधान गर्न नसकिएपछि सुदूरपश्चिम एकता समाज ट्रष्टका संस्थापक अध्यक्ष बलबहादुर भण्डारी, महासचिव ललित भण्डारी लगायतको टीम आफै विभिन्न स्थानमा पुगेर खाद्यान्न वितरण गरिरहेका छन ।
ट्रष्टका महासचिव ललित भण्डारीले दिएको जानकारीका अनुसार ट्रष्टको दिल्लीस्थित विभिन्न एरिया समितिका सक्रीय सदस्यहरुका माध्यमले आजसम्म प्रतापबागमा ६५ जना, निरङकारी-५६, खेलौंनाबाग -४३, शास्त्रीनगर -१६, करोलवाग- ३०, पितमपुरा -२०, आजादपुर-२०, दरियागञ्ज- १५, शालीमारबाग-२८, लक्ष्मीनगर गिताकलौनी- ३६, शाहदरा – ९३, गाजियावाद-३५, रोहिणी सेक्टर-७, सेक्टर-१, सेक्टर-१६, सेक्टर-२, सेक्टर 4 र 24 मा 230 जना गरि 720 जनालाई खाद्यान्न वितरण गरिएका छ ।
ट्रष्टका अध्यक्ष भण्डारीले भोकै रहेका नेपालीहरुलाई खाद्यान्न पुर्याउन सहयोग गरेकोमा जीत कठायत, कमल नेपाली, दिनेश थापा, प्रेम कुमार, हेमन्त नाथ, प्रकाश सिंह, जीत आग्री, बिरेन्द्र गुयाल, सिङगे परी, पदम उखेडा, इश्वर उपाध्याय, किट्टी आग्री, पुष्पा रावत, सुशीला परी र प्रेम कुमारलाई धन्यवाद दिनुभएको छ ।
















































